काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टी सदस्य यमबहादुर जिसी (क. गब्बर) प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
नलपुरको कावासोती नगरपालिकामा बस्दै आएका जिसी पार्टीको नगर सल्लाहकार रहेको जानकारी दिँदै मसालले उहाँको निधनबाट पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले प्रेसित गर्नुभएको शोक विज्ञप्तिमा मृतक जिसीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्यूठान जिल्ला साविक बाँदिकोट–८ मा जन्म भई नवलपुर जिल्ला कावासोती नगरपालिका– १६ डण्डामा बसोबास गर्दै आउनुभएका कामरेड यमबहादुर जिसी (का. गब्बर) को २०७९ फागुन २८ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
क. यमबहादुर जिसी हाम्रो पार्टीमा लामो समयदेखि सदस्य रहँदै आउनु भएको थियो । उहाँले पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ पछिल्लो समयमा पार्टीको नगर समितिको सल्लाहकार हुनुहुन्थ्यो । उहाँ पार्टीको इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०७९ चैत्र ०२ गते ।
मोहनविक्रम सिंह
महामन्त्री