काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
Advertisement
काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ७ ख १३२६ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ ।