विराटनगर । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राई पक्राउ परेका छन् । उनलाई बिहीबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।
Advertisement
प्रदेश नामकरणको विरोधमा प्रदेशसभा भवन अगाडि कविता वाचन गर्दै गर्दा प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी राईलाई पक्राउ गरेको हो ।
अध्यक्ष राईलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।