काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न बसेको १० दलीय गठबन्धनको बैठक बिनानिस्कर्ष टुंगिएको छ ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षबिहीन टुंगिएको हो ।
बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताउनु भयो । उहाँले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो ।
छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यक्ताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ ।’
नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल शुरु भएको बताउनु भयो । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदै छ ।