• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ६. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ७. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ८. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

  • ९. वेदकालीन समाज

  • १०. मनरो डक्ट्रिनको बहसमा स्वर्णिम वाग्ले : नेपालको राष्ट्रवाद र परराष्ट्र नीतिमाथि प्रश्न

२०८० वैशाख १८ देखि एक वर्षसम्म नेकपा (मसाल) को विशेष कार्यक्रम


  •   मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले आगामी २०८० वैशाख १८ देखि २०८१ वैशाख १८ गतेसम्म विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस अवधिमा पार्टीले लेनिनको स्मृतिदिवस, नेकपाको हीरक जयन्ती र नवौँ महाधिवेशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा  मङ्लबार जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो । गत फागुन २९ र ३० गते सम्पन्न नेकपा (मसाल) केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न सो प्रेसविज्ञप्ति जारी गरिएको बताइएको छ ।

    प्रेसविज्ञप्तिमा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत तात्कालिक राजनीतिक प्रतिवेदन पारित भएको उल्लेख छ । त्यसैगरी प्रेसविज्ञप्तिमा राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको विषयको गम्भीर अर्थ भएको, चितवन उपनिर्वाचनको राष्ट्रिय महत्त्व भएको, प्रतिगमनको खतरा बढ्दै गएको, देशको जनजीवन कष्टकर बन्दै गएको, सङ्खीयता अफापसिद्ध भएको, शान्तिप्रक्रिया टुङ्कोमा पुर्‍याउनुपर्ने आवश्यकता, अहिले चर्चामा आएको वामपन्थी पार्टीएकता सिद्धान्तहीन भएको, पुरातात्त्विक बौद्ध सहर निर्माणलगायतका विषयमा पार्टीको धारणा उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “नेपाल कम्युनिस्ट पार्टी (मसाल) केन्द्रीय समितिको बैठक २०७९ फागुन २९ र ३०्र गते बस्यो । त्यो बैठकले देशको राजनीतिक स्थितिबारे कैयौँ महत्त्वपूर्ण निर्णयहरू गर्नुका साथै पार्टीका कतिपय स·ठनात्मक विषय र आगामी कार्यक्रमबारे पनि कैयौँ महत्त्वपूर्ण निर्णय गरेको छ ।

    १. केन्द्रीय समितिको बैठकले देशको तात्कालिक राजनीतिक स्थितिबारे पार्टीका महामन्त्री कामरेड मोहनविक्रम सिंहद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

    त्यो प्रतिवेदनमा सर्वप्रथम २०८० साल वैशाख १८ गते अर्थात् मे दिवसदेखि २०८१ साल वैशाख १८ गते अर्थात् मे दिवससम्म तीनओटा महत्त्वपूर्ण ऐतिहासिक तीन अभियानको कार्यक्रम विशेष रूपले उल्लेखनीय छ । उक्त अभियानअन्तर्गत† प्रथम– लेनिनको शताब्दी स्मृतिदिवस पर्दछ । सन् १९२४ जनवरी २१ मा नै लेनिनको मृत्यु भएको थियो । उहाँको मृत्यु भएको यही २०८० साल माघ ७ गते एक शताब्दी पुग्दछ । द्वितीय– २०८१ साल वैशाख ९ गते हाम्रो पार्टीको स्थापना भएको ७५ वर्ष अर्थात् हीरक जयन्ती सुरु हुन्छ । तृतीय– त्यही वर्षभित्र नै हाम्रो पार्टीको आठौँ महाधिवेशन गरेको पाँच वर्ष पूरा हुन्छ र त्यही अवधिमा हामीले हाम्रो पार्टीको नवौँ महाधिवेशन

    गर्नुपर्ने छ । उक्त एक वर्षको अवधिमा उक्त ऐतिहासिक तीन अभियानलाई व्यापक रूपले सञ्चालन गर्ने निर्णय भएको छ । त्यसको ठोस कार्यक्रम बेग्लै जारी गरिने छ । उक्त राजनीतिक प्रतिवेदनमा अरू पनि महत्त्वपूर्ण विषयको उल्लेख गरिएको छ । त्यो प्रतिवेदन पछि बेग्लै प्रकाशित गरिने छ ।

    २. अहिलेको विशिष्ट प्रकारको राजनीतिक परिस्थितिमा राष्ट्रपतिको चुनावमा रामचन्द्र पौडेलको विजयले गम्भीर अर्थ राख्दछ र हामीले उनको विजयका लागि उनलाई हार्दिक बधाइ दिन्छौँ । हाम्रो यो स्पष्ट सोचाइ छ कि राष्ट्रपतिको पदमा उनको विजय भए पनि त्यो एउटा सेरेमोनियल पद मात्र हो र उनको विजयले त्यसमा कुनै राजनीतिक परिवर्तन ल्याउने छैन । त्यसका लागि हामीले लामो सङ्खर्ष गर्नुपर्ने छ तैपनि उनको विजय प्रतिगमनमाथिको महत्त्वपूर्ण विजय हो र त्यो विजयले राष्ट्रपतिको पदलाई प्रतिगामी उद्देश्यहरू पूरा गर्नका लागि उपयोग गर्ने षड्यन्त्रलाई असफल पारिदिएको छ । त्यसैले त्यो विजयले ऐतिहासिक महत्त्व राख्दछ ।

    ३. राष्ट्रपति चुनावको सिलसिलामा विभिन्न पक्षसित भएको एकतालाई हामीले सकारात्मक रूपमा नै लिएका छौँ तर त्यसका साथै उनीहरूसितका हाम्रा विभिन्न राजनीतिक मतभेदप्रति पनि हाम्रो ध्यान छ र आवश्यकताअनुसार ती मतभेदबारे उनीहरूसित सङ्खर्ष भइरहने कुरालाई पनि हामीले स्पष्ट गर्न चाहन्छौँ । त्यसरी उनीहरूसितको हाम्रो सम्बन्ध एकता र सङ्खर्षको द्वन्द्वात्मक माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार सञ्चालित हुने कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।

    ४. २०८० वैशाख १० गते चितवनमा उपनिर्वाचन हुँदै छ । त्यो उपनिर्वाचन स्थानीय चुनाव मात्र भए पनि हाम्रो पार्टीले त्यसलाई राष्ट्रिय चुनावको अर्थमा लिएको छ । त्यो चुनावमा कथित स्वतन्त्र पार्टी वा त्यसका नेतासित सम्बन्धित भएको हुनाले त्यो चुनावलाई हामीले अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्खर्षको रूपमा लिएका छौँ । अहिले नेपालमा क्रियाशील स्वतन्त्र पार्टीबारे हाम्रो यो स्पष्ट धारणा छ कि त्यो अमेरिकाका साम्राज्यवादी उद्देश्य पूरा गर्न नै बनेको पार्टी हो । त्यसकारण नेपालमा अमेरिकी साम्राज्यवाद वा त्यसका सम्भावित घातक कारवाहीलाई रोक्नका लागि अमेरिकापरस्त तत्त्वका विरुद्ध सङ्खर्षमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले चितवनको उपनिर्वाचनलाई राष्ट्रिय महत्त्वको चुनावको रूपमा लिएका छौँ । त्यो चुनावमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष कामरेड जनकराज शर्मा उम्मेदवार हुने ठेगान भएको छ । हाम्रो पार्टीले उहाँलाई दृढतापूर्वक समर्थन गर्दछ ।

    ५. केन्द्रीय समितिको बैठकले यो पनि स्पष्ट गरेको छ कि अहिले देशमा प्रतिगमनको खतरा लगातार बढ्दै गइरहेको छ । राजावादीले संसद्भित्र र बाहिर पनि गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध आफ्ना गतिविधि बढाउँदै लगिरहेका छन् । राजावादीको त्यो प्रयत्नलाई ओली र भारतका कट्टर हिन्दुवादीले पनि समर्थन गरिरहेका छन् भने अमेरिकी साम्राज्यवादी शक्तिले पनि उनीहरूलाई समर्थन गरिरहेका छन् । त्यसकारण प्रतिगमनको खतरा झन्पछि झन् गम्भीर बन्दै गइरहेको छ । यसकारण यसका विरुद्धको सङ्खर्षमा हाम्रो पार्टीले विशेष जोड दिनु आवश्यक ठानेको छ ।

    ६. हाम्रो पार्टीले अहिले पनि सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तर्विरोध प्रधान ठान्ने आठौँ महाधिवेशनको निर्णयलाई सही मान्दछ तर अहिले अमेरिकी साम्राज्यवादको प्रत्यक्ष प्रकारको हस्तक्षेपकारी भूमिका पनि निकै बढेर गएको छ । उक्त कारणले गर्दा नेपालको राष्ट्रियतामाथिको खतरा लगातार बढ्दै गइरहेको छ । त्यो अवस्थामा राष्ट्रियताको रक्षाका लागि सङ्खर्ष बढाएर लैजानुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    ७. केन्द्रीय कमिटीले यो कुराको विशेष चिन्ता प्रकट गरेको छ कि देशमा उद्योगधन्दा, कृषि, रोजगारी र जनजीवनको आर्थिक अवस्थासमेत धेरै नै गम्भीर बन्दै गइरहेको छ । देशमा महङ्गी र भ्रष्टाचारसमेत धेरै नै बढेर गएको छ । त्यो अवस्थामा यी सबै समस्याबारे पनि जनजागरण वा सङ्खर्ष बढाएर लैजानुपर्ने आवश्यकतामा केन्द्रीय समितिको बैठकले विशेष जोड दिएको छ । त्यस सन्दर्भमा किसान सङ्खर्षमा विशेष जोड दिनुका साथै अन्य जनवर्गलाई पनि उनीहरूको मागका आधारमा सङ्खर्षलाई बढाउनुपर्ने आवश्यकतामा बैठकले जोड दिएको छ ।

    ८. सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रिया लामो समय बित्दा पनि पूरा भएको छैन । त्यसले गर्दा ठुलो सङ्ख्यामा पीडितहरू लामो समयदेखि न्याय नपाएर पीडित हुन पुगेका छन् । हामीले पहिलेदेखि नै यो अडान स्पष्ट गर्दै आएका छौँ कि सशस्त्र द्वन्द्वकालमा दोहोरो सशस्त्र भिडन्तमा मारिएका वा घाइतेबारे दुबै पक्षमा भएको शान्तिसम्झौतापछि अब त्यसबारे कुनै मुद्दा चलाउनुपर्ने आवश्यकता बाँकी रहन गएको छैन तर दुबैमध्ये कुनै पनि पक्षद्वारा निर्दाेष जनतामाथि गरिएको मानव अधिकारको हनन्, हत्या, हिंसा वा कुनै पनि प्रकारको अपराधपूर्ण कार्यका लागि जिम्मेवार व्यक्तिलाई निष्पक्ष र उच्चस्तरीय छानबिन गरी अपराधअनुसार सजाय दिनुपर्दछ तर त्यसबारे परेका ५०–६० हजारभन्दा बढी उजुरीबारे अहिलेसम्म कुनै कारबाही गरिएको छैन । हामीले त्यस प्रकारको प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । हाम्रो यो पनि स्पष्ट धारणा छ कि त्यस प्रकारका अन्यायपूर्ण कारवाहीका लागि निष्पक्ष र न्यायपूर्ण तरिकाले सम्बन्धित दुबै पक्षका जिम्मेवार व्यक्तिमाथि कारबाही गरिनुपर्दछ र कुनै एकपक्षीय वा व्यक्तिविशेषलाई मात्र लक्ष्य बनाएर बदला वा पूर्वाग्रहको उद्देश्य अपनाएर कारबाही गर्ने कार्यलाई हामीले गलत मान्दछौँ र त्यसलाई विरोध गर्दछौँ ।

    ९. अहिले कतिपय वामपन्थी पक्षले आपसमा पार्टीएकताको लागि पहलकदमी गर्न थालेको समाचारप्रति हाम्रो पार्टीको ध्यान गएको छ । समान विचार राख्ने समूहहरू बेग्लाबेग्लै बस्नुभन्दा आपसमा एकता गर्नुलाई हामीले सकारात्मक रूपमा नै लिन्छौँ तर अहिले जुन पक्षको बिचमा एकताको कुरा चलिरहेको छ, उनीहरूको प्रवृत्तिमाथि विचार गर्दा उनीहरूको एकताको प्रकृति सिद्धान्तहीन र अवसर नै बढी भएको देखिन्छ । नयाँ जनवाद वा समाजवाद जस्ता आधारभूत सैद्धान्तिकी प्रश्नमा उनीहरूको बिचमा मतैक्यता छैन । सङ्खीयता र जातिवाद जस्ता प्रश्नमा पनि उनीहरूका बिचमा परस्पर विरोधी मत पाइन्छन् । त्यो अवस्थामा उनीहरूबिचको एकताको प्रयत्न सिद्धान्तहीन र अराजनीतिक भएको कुरामा कुनै शङ्गा रहन्न । उनीहरूका बिचमा खालि विद्यमान गणतन्त्रको विरोध गर्ने प्रश्नमा भने अवश्य पनि मतैक्यता पाइन्छ । त्यस प्रकारको पृष्ठभूमिा उनीहरूको एकताको स्वरूप कस्तो हुने छ ? आउने दिनमा प्रष्ट हुँदै जाने छ ।

    १०. केन्द्रीय समितिको बैठकले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा व्यापक रूपले छरिएका ऐतिहासिक अवशेषलाई जोडेर बृहत्तर बौद्ध पुरातात्त्विक सहर निर्माणका लागि अभियान चलाउनेबारे पहिलेदेखि नै गरिएको निर्णयको पक्षमा जनमत र आधार तयार पार्नको लागि त्यससम्बन्धी अभियानलाई अरू उच्च स्तरमा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस सिलसिलामा २०८० वैशाख ३० गते काठमाडौँमा यससम्बन्धी एउटा बृहत्तर विचारगोष्ठी गर्ने निर्णय पनि भएको छ । त्यसपछि आवश्यकताअनुसार अन्य कार्यक्रम पनि निर्धारित वा सञ्चालन गर्ने प्रयत्न गरिने छ ।

    ११. देशमा सङ्खीयता अफापसिद्ध हुँदै गइरहेको कुरा झन्पछि झन् प्रष्ट हुँदै गइरहेको छ र त्यसका विरुद्ध जनमत र असन्तोष बढ्दै गइरहेको छ । सङ्खीयता विरुद्धको जनमतलाई कतिपय पक्षले आफ्ना प्रतिगामी उद्देश्य पूरा गर्न पनि उपयोग गर्न खोजेको देखिन्छ । हामीले सङ्खीयता विरुद्धको जनमतलाई प्रतिक्रियवादी उद्देश्य पूरा गर्नका लागि उपयोग गर्ने प्रयत्नको भण्डाफोर गर्दै सङ्खीयता विरुद्धको सङ्खर्षलाई अरू तीव्र र व्यापक पार्दै लैजानुपर्ने आवश्यकता छ ।
    १२. बैठकले सङ्ठनसम्बन्धी कैयौँ निर्णय र कार्यक्रम पनि निर्धारित गरेको छ ।”

    मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
    बागलुङका प्रहरीलाई बन्यो आवास
    आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ६.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    भर्खरै

    • १.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • २.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ३.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    • ४.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • ५.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ६.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ७.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ८.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.