• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चैत १० देखि १५ गतेसम्म सङ्घीयता विरुद्ध अभियान चलाउँदै राष्ट्रिय जनमोर्चा

"प्रथम राष्ट्रिय परिषद् बैठक रुपन्देहीको बुटवलमा सम्पन्न "

  •   मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आगामी चैत १० देखि १५ गतेसम्म सङ्घीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने भएको छ ।

    Advertisement

    यही २०७९ फागुन २७ र २८ गते रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय परिषद् बैठकले सो निर्णय गरेको हो ।

    बैठकको जानकारी दिन अध्यक्ष चित्रबहादुर केसीद्वारा फागुन २९ गते जारी प्रेसविज्ञप्तिमा सो लगायत विभिन्न कार्यक्रम तय गरेको उल्लेख छ ।

    बैठकले राजनीतिक प्रस्ताव र विशेष प्रस्तावसमेत पारित गरेको जानकारी दिइएको सो प्रेसविज्ञप्ति यहाँ अक्षरश: प्रस्तुत गरिएको छ :

    “राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद्को प्रथम बैठक २०७९ फागुन २७–२८ गतेसम्म बुटवलमा भव्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

    १. दुई दिनसम्म चलेको राष्ट्रिय परिषद्को बैठकलाई दुई चरणमा विभाजन गरिएको थियो । प्रथम चरणमा बैठकको उद्घाटन गरिएको थियो भने दोस्रो चरणमा बन्दशत्रको बैठक सञ्चालन गरिएको थियो । प्रथम चरणको उद्घाटन समारोहको अध्यक्षता राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले गर्नुभएको थियो । सहिदप्रति एक मिनेट मौनधारण गरी सुरु भएको बैठकको उद्घाटन तालीको गडगडाहटको बिच पानसमा दीप प्रज्ज्वलित गरेर अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।

    २. विभिन्न भाइचारा पार्टी तथा जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिले बैठकको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्य दिनुहुनेमा रामप्रकाश पुरी प्रवक्ता नेपाल कम्युनिस्ट पार्टी (मसाल), राजेश विश्वकर्मा राष्ट्रियसभा सदस्य तथा अध्यक्ष जातीय समता समाज, अमर थापा केन्द्रीय सल्लाहकार राष्ट्रिय जनमोर्चा तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख, तारा थापा लुम्बिनी प्रदेशसभा सदस्य, लक्ष्मण पुन उपाध्यक्ष अखिल नेपाल युवक सङ्घ, लोकराज भुसाल अध्यक्ष अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक), चन्द्रबहादुर केसी उपाध्यक्ष अखिल नेपाल किसान महासङ्घ (अप्फा), लक्ष्मी बास्कोटा उपाध्यक्ष अखिल नेपाल महिला सङ्घ, अमरध्वज राना महासचिव अखिल नेपाल जनजाति सम्मेलन, गिरिप्रसाद बुढामगर अध्यक्ष रक्तिम सांस्कृतिक अभियान, दुर्गानाथ खरेल सचिवालय सदस्य अखिल नेपाल बुद्धिजीवी सङ्घ, बद्रे आलम अध्यक्ष तराई मधेस जनवादी मोर्चा, राजेन्द्र पुडासैनी कोषाध्यक्ष अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला), ढुण्डीराज शर्मा अध्यक्ष अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार सङघ, श्यामलाल पोखरेल अध्यक्ष प्रगतिशील पत्रकार सङ्घगायत रहनुभएको थियो । सहभागी सबै अतिथि तथा पार्षदलाई केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने उद्घाटन समारोहको सञ्चालन महासचिव मनोज भट्टले गर्नुभएको थियो ।

    ३. परिषद् बैठक सञ्चालनका लागि जनकराज शर्मा, दुर्गा पौडेल र राजाराम चौधरी रहनुभएको तीन सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो ।

    ४. परिषद्को बैठकले अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गर्नुभएको तात्कालिक राजनैतिक प्रस्ताव गम्भीर छलफलपश्चात पारित गरेको छ । तात्कालिक राजनैतिक प्रस्तावमा गणतन्त्र र राष्ट्रियतामाथि देखिएको खतराका विरुद्ध सङ्घर्ष गर्ने क्रममा प्रतिगमनका विरुद्ध आउने सबै शक्तिसँग सहकार्य गर्ने कुरामा जोड दिइएको छ । विश्व तथा स्वयम् नेपालमा देखिएको आर्थिक सङ्कटको परिप्रेक्ष्यमा सङ्घीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि सङ्घर्ष गर्ने कुरामा जोड दिइएको छ । पुुस १० गते बनेको समीकरणलाई भत्काएर प्रधानमन्त्रीले राजनैतिक कोर्स सच्चाएकोमा समर्थन गर्दै उहाँलाई धन्यवाद दिनुका साथै माओवादी, काङ्ग्रेसले प्रतिगमनका विरुद्ध सही नीति अपनाए पनि राष्ट्रियताका विरुद्ध जाने गरेका छन् । माओवादी, काङ्गे्रसले अपनाउने राष्ट्रियताका विरुद्धका नीतिसँग सङ्घर्ष गर्नुपर्ने सम्भावनालाई पनि प्रस्तावले स्वीकार गरेको छ । राष्ट्रियताको सवालमा काङ्ग्रेस, माओवादी, मधेसवादी तथा एमाले विपक्षमा रहेका छन् तर एमाले राष्ट्रियताका साथै गणतन्त्रको विरुद्ध पनि रहेको छ । नेपालमा अमेरिकी साम्राज्यवादको प्रभाव बढ्दै गएकोमा त्यसका विरुद्धको सङ्घर्षमा प्रस्तावले जोड दिएको छ ।

    ५. बैठकले सङ्घर्षका आगामी कार्यक्रम तय गरेको छ । सङ्घीयताका विरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियानअन्तर्गत सभा, कोणसभा गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्ष्यमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गराँै” भन्ने मूल नाराअन्तर्गत सभाका कार्यक्रम गरिने छ । चैत्र २८ गते काठमाडौँमा “नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षा” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ठेगान भएको छ ।

    ६. बैठकले २०८० साल वैशाख र जेष्ठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने ठेगान गरेको छ । असोज महिनामा देशव्यापी रूपमा एकमहिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने ठेगान भएको छ ।

    ७. २०८० वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउनेसमेत बैठकले निर्णय गरेको छ । उपनिर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

    ८. बौद्ध पुरातात्विक सहर निर्माण योजनाका विषयमा काठमाडौँमा सेमिनार कार्यक्रम गर्ने ठेगान भएको छ ।

    ९. बैठकले गणतन्त्र, राष्ट्रियता तथा जनजीविकाको पक्षमा, सङ्घीयताको विरोधलगायत विभिन्न महत्त्वपूर्ण विषयमा विशेष प्रस्ताव पारित गरेको छ ।”

    मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.