काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ ।
Advertisement
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भालि (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको हो ।राप्रपाले हिन्दुराज्यसहित राजसंस्था फर्काउने एजेण्डा बोकेको छ ।
भोलि हुने राष्ट्रपति निर्वाचनमा नौ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएका छन् ।
मंसिर ४ को संसदीय निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारमा गएको राप्रपा एमाले–माओवादी गठबन्धन भत्किएसँगै सरकारबाट बाहिरिएको थियो ।