शंकर प्रसाद पोख्रेल
दाङ । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका वडा नं. १ का नेता बिस्नु भण्डारीको मृत्यु भएको १३ औं दिनमा राष्ट्रिय जनमोर्चाले श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता उहाँकि श्रीमति शान्ता भण्डारीले गर्नुभएको थियो ।
सो कार्यक्रमको संचालन, बाबुराम थापाले गर्नुभएको थियो भने कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङ भालुबाङका नेताहररूले शोक मन्तव्य राख्नुभएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा विष्णु भण्डारीका भाइ मिनराज भण्डारीले दाइ बिस्नु भण्डारीको इतिहासका बारेमा बताउँदै पञ्चायत विरुद्ध एक्लै लडेको चर्चा गर्नुभयो ।

कार्यक्रममा राजमो राप्ती गाउँपालिका अध्यक्ष ठाकुर प्रसाद आचार्य , अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्क्ष प्रेम नारायण आचार्य ,बुद्धिजिका केसबराज खनाल, महिला संघकी पुर्णिमा आचार्य , विष्णु प्रसाद आचार्य ,रक्तिम जिल्ला कोषाध्यक्ष बिक्रम पान्डे, युवक संघका हिमाल एमसी, नरबहादुर केसी, लगायतले स्वगत मन्तव्य राख्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय विष्णु भन्डारीका भाइहररू धनिस्वर भन्डारी ,लक्ष्मण भन्डारी ,दिदिबहिनीहररू लक्ष्मी पोख्रेल ,टुका सुवेदी लगायतको उपस्थिति रहेको थियो।
