प्युठान । अखिल नेपाल महिला संघ, प्युठानले अन्तर्राष्ट्रिय महिला दिवस अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ । महिला संघको केन्द्रीय कार्यक्रम अन्तर्गत झिमरुक गाउँपालिकाका विभिन्न स्थानमा भेला, प्रशिक्षण, कोणसभा लगायतका कार्यक्रम भइरहेको हो ।
यसै सन्दर्भमा आइतबार झिमरुक–३ आहालखोला नब्बेमा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै महिला संघका केन्द्रीय सचिव एवम् राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका पूर्वसांसद तारा जिसिले अन्तर्रास्ट्रिय महिला दिवसको इतिहास र सान्दर्भिकताबारे प्रष्ट पार्नुभएको थियो ।
उहाँले महिलाहरुलाई सही विचारबाट सञ्चालित महिला संगठन अनेम संघमा आवद्ध हुन जोड दिँदै भ्रममा नपरी आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा सरिक हुन आह्वान गर्नु भयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसि, राजमो ३ नम्बर वडाअध्यक्ष मीनबहादुर खत्री, जातीय समता समाजका जिल्ला सचिव खिमबहादुर विक, कोषाध्यक्ष विनोद कुमार विक, राजमो पालिका सचिव केशरजंग एमसी, ३ नम्बर वडाका दलित जनप्रतिनिधि जबुना विक, पार्वता पौडेल, अमता परियार, सान्ता विक, सुन्तली सामत, सिर्जना पौडेल, वसन्ता जिसि, घना खड्काले सम्बोधन गर्नुभएको थियो ।
यस्तै, बयोवृद्ध महिला रुमा सामत, रिमा विक, भुपेन्द्र थापा, वीरबहादुर विक, कृष्ण खड्काको पनि आतिथ्यता रहेको थियो।
व्यापक महिला सहभागी कार्यक्रममा महिला संघ वडाअध्यक्ष मन्जु महताराको अध्यक्षता, वडासचिव कल्पना जिसिको स्वागत र कोषाध्यक्ष रमा परियारको सन्चालनमा सम्पन्न भएको थियो ।
अखिल नेपाल महिला संघ झिमरुकले सप्ताहव्यापी नारी दिवसको कार्यक्रम पालिकाका ८ ओटै वडामा सञ्चालन गरिरहेको छ ।
प्युठानमा सप्ताहब्यापी श्रमिक महिला दिवस प्रारम्भ, झिमरुक-८ मा समिति गठन
महिला संघ स्वर्गद्वारी नगर अध्यक्षमा लक्ष्मी पन्थी