प्युठान । अखिल नेपाल महिला संघ स्वर्गद्वारी नगर समितिको अध्यक्षमा लक्ष्मी पन्थी चयन हुनुभएको छ ।
शनिबार सम्पन्न नगर भेलाले पन्थीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शोभा राना, सचिव सारदा बिसी, कोषाध्यक्षमा कुमारी घर्ती तथा सदस्यहरुमा मिना बूढ़ाथोकी, यमुना कालाथोकी, हुमा घर्ती, बबिता विक, विष्ना विक, भावना विष्ट र बिना पुन चयन हुनु भएको छ ।
भेलामा संघकी केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष पद्मा पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, राष्ट्रिय जनमोर्चाका नेताहरु इन्द्र बहादुर खड्का, गिरबहादुर गुरुङ, गंगाराम बिसी, शिव पन्थी, दामोदर गोराथोकीले भेला सफलताको शुभकामना दिनु भएको थियो ।
सुमि गुरुङले अध्यक्षता गर्नुभएको कार्यक्रमको सञ्चालन भावना विष्टले गर्नुभएको थियो । कार्यक्रममा ज्ञात अज्ञात सहीदहरूको सम्मानमा एक मिनेट मौनधारणा पछि सारदा बिसीले स्वागत गर्नु भएको थियो ।
प्युठानमा सप्ताहब्यापी श्रमिक महिला दिवस प्रारम्भ, झिमरुक–८ मा समिति गठन
स्वर्गद्वारीमा शिक्षक संघको भेला, समिति पुनर्गठन





