• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रपतिमा रामचन्द्रलाई सघाएपनि संघर्ष जारी रहन्छ : मसाल


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रतिगमनविरोधी भूमिकाका कारण राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको स्पष्ट पारेको छ । उम्मेदवार कुन व्यक्ति र पार्टीको मान्छे भन्नुभन्दा पनि संविधान रक्षाको प्रश्न मुख्य भएको मसालले जनाएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले आइतकार एक वक्तव्य प्रकाशित गरी अहिले राष्ट्रपतिको चुनावमा रामचन्द्र पौडेललाई समर्थन गरेका माओवादी र नेपाली कांग्रेस समेतसित कैयौँ राजनीतिक प्रश्नहरूमा आफ्नो गम्भीर प्रकारका मतभेदहरू रहँदै आएको स्पष्ट पार्नुभएको छ ।

    अहिले राष्ट्रपतिको चुनावमा एकै ठाउँमा उभिएको भएपनि ती मतभेदहरूबारे आवश्यकताअनुसार लगातार संघर्ष अगाडि बढाउने नीति अपनाउने पनि महामन्त्री सिंहले स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ प्रेस वक्तव्य :
    ‘राष्ट्रपतिको पद एउटा ‘सेरेमोनियल’ पद हो । त्यसकारण त्यसको चुनावले खास राजनीतिक महत्व नराख्ने कुरा प्रस्ट छ । तैपनि अहिले हाम्रो देशमा राष्ट्रपतिको चुनावले विशेष अर्थ र महत्व राख्दछ । त्यस्तो किन हुन गएको छ ? त्यसबारे केही प्रकाश हाल्नुपर्ने आवश्यकता छ ।

    अहिले हाम्रो देशमा राष्ट्रपतिको चुनावले विशेष अर्थ रमहत्व राख्नुको कारण यो हो कि त्यो प्रतिगमनका विरुद्धको सङ्घर्षको अङ्ग बन्न गएको छ । अहिले चुनावमा कुन व्यक्ति उठेको छ र कुन पार्टीका तर्फवाट उम्मेदवार बनेको छ ? त्यो भन्दा महत्वपूर्ण प्रश्न प्रतिगमनका तर्फवाट उम्मेदवार बनेको छ वा प्रतिगमनविरोधी पक्षवाट उम्मेदवार बनेको छ ? त्यो महत्वपूर्ण र निर्णयात्मक राजनीतिक महत्वको प्रश्न हो । अहिले एमालेका तर्फवाट राष्ट्रपतिको लागि उम्मेदवार बनेका सुवास तेम्वाङ पनि त्यो पदका लागि उपयुक्त र योग्य व्यक्ति हुन् । तर व्यक्तिगत रूपमा उपयुक्त र योग्य व्यक्ति भएको हुनाले नै एमालेले दुई, दुईपल्ट राष्ट्रपतिको चुनाव हुँदा उनलाई उम्मेदवार बनाएको थिएन । अहिले पनि राष्ट्रपतिको चुनावमा एमालेको उम्मेदवारले जित्ने सम्भावना भएको भए निश्चित रूपले ओलीले राष्ट्रपति पदको लागि उनलाई उम्मेदवार बनाउने थिएनन् । जे होस्, उनी राष्ट्रपति पदको लागि उपयुक्त र योग्य उम्मेदवार भएपनि अहिले उनी विजय भएमा त्यसबाट ओलीको प्रतिगामी राजनीतिलाई नै बल पुग्ने छ र, त्यसरी उनको विजय देशका लागि ठुलो घातक हुने छ ।

    राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेल निरङ्कुश राजतन्त्र, पञ्चायती तानाशाही कालदेखि नै प्रजातन्त्रको लागि लगातार र दृढतापूर्वक सङ्घर्ष गर्दै आएका इमानदार र योग्य राजनीतिक व्यक्तित्व हुन् । उनी राष्ट्रपति पदको लागि ने.का.का तर्फबाट उम्मेदवार बनेका छन् । तर त्यो भन्दा महत्वपूर्ण कुरा यो हो कि उनी प्रतिगमनका विरुद्धको सङ्घर्षको क्रममा बनेको गठबन्धनका साझा उम्मेदवार हुन् । त्यसकारण उनको विजयबाट प्रतिगमनका विरुद्धको सङ्घर्षलाई मद्दत पुग्ने छ र त्यसरी जनताको महान् आन्दोलनद्वारा प्राप्त गणतन्त्र र धर्मनिरपेक्षता समेतको रक्षाको लागि मद्दत पुग्ने छ । त्यसैले ने.क.पा. (मसाल)ले राष्ट्रपतिको चुनावमा रामचन्द्रलाई दृढतापूर्वक समर्थन गर्ने निर्णय गरेको छ ।

    राष्ट्रपतिको चुनावको सन्दर्भमा हामीले दुईवटा कुराहरू स्पष्ट गर्न चाहन्छौं । प्रथम, प्रतिगमनका विरुद्धको सङ्घर्षमा अहिले राष्ट्रपतिको चुनावको जति ठुलो महत्व राखेपनि त्यो चुनावमा आठ दलका साझा उम्मेदवारको विजयबाट देशमा कुनै आमूल परिवर्तन हुने छैन र त्यसका लागि हामीले लामो सङ्घर्ष गर्नुपर्ने छ । हाम्रो पार्टीले त्यो सङ्घर्षलाई लगातार अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्दछ । द्वितीय, अहिले राष्ट्रपतिको चुनावमा रामचन्द्र पौडेललाई समर्थन गरेका माओवादी र ने.का. समेतसित कैयौं राजनीतिक प्रश्नहरूमा हाम्रा गम्भीर प्रकारका मतभेदहरू रहँदै आएका छन् । अहिले राष्ट्रपतिको चुनावमा हामी एकै ठाउ“मा उभिएको भएपनि ती मतभेदहरूबारे हामीले आवश्यकताअनुसार लगातार अगाडि बढाउने नीति अपनाउने छौं । विरोध र एकताका बिचमा तालमेल वा सन्तुलन कायम गर्ने संयुक्त मोर्चाको द्वन्द्वात्मक माक्र्सवादी–लेनिनवादी नीतिलाई हामीले पहिलेदेखि नै अपनाउँदै आएका छौँ र आगामी दिनहरूमा पनि अपनाउँदै जाने छौँ ।

    अहिले देशमा प्रतिगमनको जुन खतरा उत्पन्न भएको छ, लाई हामीले गम्भीर रूपमा लिएका छौँ । कतिपय पक्षहरूले देशमा पैदा भएको त्यस प्रकारको खतराप्रति आखाँ चिम्लने तथा ओलीले त्यस प्रकारको प्रतिगमनको नेतृत्व गरेको कुरालाई अस्वीकार गर्ने गर्दछन् । त्यही गलत दृष्टिकोणका कारणले उनीहरूले राष्ट्रपतिको चुनावका सन्दर्भमा दुई उम्मेदवारहरूका बिचमा रहेको राजनीतिक अन्तरलाई पनि बुझ्न सक्दैनन् । प्रतिगमनका पक्षपातीहरूले खुला र घोषित रूपले नै एमालेका उम्मेदवारको समर्थन गर्छन् भने कतिपय पक्षहरूले प्रतिगमनका विरुद्धको सङ्घर्षको आवश्यकता र महत्वलाई ठिकसंग बुझ्न नसकेर आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेलको पनि विरोध गरेको पाइन्छ । तर हामीले जोडदार प्रकारले यो स्पष्ट गर्न चाहन्छौँ कि अहिलेको राष्ट्रपतिको चुनाव प्रतिगमन र प्रतिगमनका विरुद्धको सङ्घर्षको क्रममा नै भइरहेको छ । त्यो पक्षको उपेक्षा गर्नु गम्भीर राजनीतिक गल्ती हुने छ र त्यसका दूरगामी राजनीतिक परिणामहरू हुने छन् ।

    अन्तमा, हामीले राष्ट्रपतिको चुनावमा रामचन्द्र पौडेलको विजयको कामना गर्दछौँ र त्यो चुनावमा उनको विजय हुने छ भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ ।
    २०७९ फागुन २१ गते ।’
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

     

     

     

     

     

     

    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.