काठमाडौँ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
Advertisement
दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४८३ जिप आइतबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्।
घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।