• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओमानद्वारा नेपाल आठ विकेटले पराजित


  •   आइतबार, माघ २६, २०७६ मा प्रकाशित
  • विक्रम गिरि, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले पराजित गरेको थियो । ओमानका अगाडि नेपाली बलर निरही बनेपछि ओमान सहजै विजयी भएको हो ।

    Advertisement

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ओमानसामु जितका लागि २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । दुई सय ५० रनको विजय लक्ष्य ओमानले ४७ दशमलव दुई ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग-यो ।

    ओमानका लागि अकिब इलियासले शतकीय पारी खेल्नुभयो । उहाँले १०८ बल खेल्दै एक छक्का र १२ औकाको मद्दतमा अविजित १०९ रन बनाउनुभयो । पच्चीस दशमलव पाँच ओभरमा आरिफ शेखले अकिबको क्याच छोड्नु नै नेपालका लागि घातक सावित भयो ।

    यस्तै जेशन मक्सुदले अविजित ६८ रनको योगदान दिनुभयो । दुबै जनाले १६७ रनको साझेदारी गर्नुभयो । यसैगरी खवर अलीले ४१ तथा जितिन्दर सिंहले २३ रन बनाउनुभयो । बलिङतर्फ नेपालका कुशल मल्ल र सुशन भारीले एक एक विकेट लिनुभयो ।

    यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ४८ रनको साझेदारी गर्नुभयो । अमेरिकासितको खेलमा तीन रनमै पभेलियन फर्किनुभएका सुवासले २२ रन बनाउनुभयो । यस क्रममा उहाँले एक चौका हान्नुभयो । ज्ञानेन्द्रले अर्धशतकीय पारी खेल्नुभयो । अमेरिकासितको खेलमा २१ रन मात्र बनाउनुभएका ज्ञानेन्द्रले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँले ५६ रन बनाउनुभयो । मल्लले ७६ बल खेल्दै एक छक्का तथा छ चौकासमेत प्रहार गर्नुभयो । पारस खड्काले ३४ बलमा ३८ रन बनाउनुभयो । यसमा उहाँको एक छक्का र छ चौका सामेल थियो ।

    यस्तै विनोद भण्डारीले पाँच चौकाको मद्दतमा ३५ रन बनाउनुभयो । उहाँ रन लिने क्रममा आउट हुनुभयो । शनिबार अमेरिकासितको खेलमा विश्व कीर्तिमान बनाउनुभएका कुशल मल्लले दुई छक्का र दुई चौका प्रहार गर्दै २८ रनको योगदान दिनुभयो । आरिफ शेखले २८ रन तथा करन केसीले १० रन बनाउनुभयो । सन्दिप लामिछानेले अविजित १० तथा आजको खेलमा डेब्यु गर्नुभएका कमलसिंह ऐरीले अविजित नौ रन बनाउनुभयो ।

    बलिङतर्फ ओमानका अकिब इलियासले चार तथा मोहमद नदिमले तीन विकेट लिनुभयो । सतकीय पारीका साथै चार विकेटसमेत लिनुभएका ओमानका अकिब प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।

    ओमान जितसँगै लिगको शीर्ष स्थानमा उक्लेको छ । हालसम्म खेलेको नौ खेलमध्ये सातमा जित तथा दुईमा हारका साथ ओमानले १४ अङ्क बटुलेको छ । अमेरिका १२ अङ्कसहित लिगको दोस्रो स्थानमा झरेको छ । नेपालले भने हालसम्म खेलेको तीन खेलमा दुईमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ ।

    नेपाल लिगको छैटौँ स्थानमा छ । अब नेपालले अन्तिम खेल बुधबार अमेरिकासित खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालसहित, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।

    आइतबार, माघ २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.