काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राप्रपाका मन्त्रीले छोडेका मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन् ।
Advertisement
गत पुस ११ गते गठित मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे र कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले शनिबार पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहालले ती मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी आइतबार तोकेकी हुन्।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा सत्तागठबन्धन टुटेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) समेतको गठबन्धन बनेपछि राप्रपा सरकारबाट बाहिरिएको हो ।