पाल्पा । पाल्पामा अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामपुर नगरपालिका–१० मगरे बस्ने ३६ वर्षीय मेघ बहादुर सारु रहेका छन् ।
Advertisement
यही फागुन १२ गते राति साढे ११ बजेको समयमा ४६ वर्षीया अपाङ्गता भएकी महिलालाई घरको कोठामै सुतिरहेको समयमा सारुले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
आज पीडितको भाइ बुहारीले जाहेरी दिएपछि सारुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।