पाल्पा । अखिल (छैठौं) पाल्पाको पन्ध्रौँ जिल्ला सम्मेलनपछिको दोस्रो भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीको प्रमुख आतिथ्यमा २०७९ फागुन १३ गते सदरमुकाम तानसेन बजारमा भेला सम्पन्न भएको हो ।
भेलालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष टीकाराम पौडेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य नरमति सिँजाली, राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामी, महिला सङ्घ पाल्पाकी अध्यक्ष उमा सिँजाली, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष कमल थापा र अखिल (छैठौं) का पूर्वकेन्द्रीय सदस्य सुदीप पौडेलले शुभकामना दिनुभएको थियो ।
सम्मेलन शक्ति सिँजालीको अध्यक्षता, अंशु ठडराईको सञ्चालन र विशाल आलेको स्वागत मन्तव्यका साथै सम्पन्न भएको थियो ।
भेलाले अंशु ठडराई अध्यक्ष रहनुभएको १५ सदस्यीय जिल्ला सङ्गठन समिति समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा उपाध्यक्षमा खुमी पुलामी, सचिवमा शक्ति सिँजाली, सहसचिवमा विशाल आले र कोषाध्यक्षमा ज्योती दर्लामी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा अन्जना राना, शुस्मा आले, मन्जु श्रीनेत, शुस्मिता गाह, पूजा पौडेल र जानकी राना रहनुभएको छ ।
समितिको वैकल्पिक सदस्यहरूमा सन्तोष बस्याल, सुनिल सुनार, मनिसा सिंजाली र रोहन सारू रहनुभएको छ ।
