काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुण चौधरी जेलमुक्त भएका छन् ।
Advertisement
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी अनुसार सांसद चौधरी रिहा भएका हुन्।
उनीसहित कैलाली कारागारबाट चार जना रिहा भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी हुन्।
जेलमुक्त भएपछि प्रतिक्रिया दिँदै सांसद चौधरीले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको प्रतिक्रिया दिए।
कारागार बसाईंका क्रममा धेरै कुरा सिकेको र नेपालको कानुन परिमार्जन गर्नुपर्ने पनि उनले सुनाए।