• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

नेपाली नेताहरुको ‘नाडी छामेर’ फर्किए क्वात्रा

"ओली भन्छन् : सरकार ढाल्न देशीविदेशी तत्व लागे "

  •   बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
  • काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेर स्वदेश फर्किएका छन् । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आएका क्वात्राले गरेको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

    Advertisement

    क्वात्राले सत्ता र विपक्षीदेखि मधेशवादी दलका नेताहरुलाई भेटेका हुन् ।

    क्वात्राले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राईसँग भेटेका थिए।

    सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका क्वात्राले मंगलबार कांग्रेसका अर्का नेता बालकृष्ण खाणसँग एक्लै भेटेका छन्। भेटमा उनले राष्ट्रपति निर्वाचनबारे चासो राखेका थिए।

    सोमबार नै क्वात्राले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि भेटेका थिए। क्वात्रालाई भेटेको भोलिपल्ट अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा बोल्दै अहिलेको सत्ता गठबन्धन फेरबदल हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनले सरकार ढाल्न देशीविदेशी तत्व लागेको बताएका छन्।

    नेपालमा रहँदा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत, कांग्रेसका नेता बालकृष्ण खाँणदेखि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटे।

    परराष्ट्र सचिव भरतराज पौड्यालको निम्तोमा नेपाल आएका भारतीय विदेशसचिव क्वात्राले उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल (अर्थमन्त्री), नारायणकाजी श्रेष्ठ (भौतिक पूर्वाधार) र राजेन्द्र लिङदेन (उर्जा) सँग भिन्दाभिन्दै भेटे।

    राजनीतिक भेटवार्ताअघि उनले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय बैठक गरेका थिए। त्यस अवसरमा सचिव पौड्यालले कालापानी, लिम्पियाधुरा लगायत स्थानमा रहेका सीमा समस्याबारे कुरा उठाएका थिए।

    बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमाका विषयमा स्थापित संयन्त्रका माध्यमबाट टुंग्याउन बाँकी सीमासम्बन्धी कामलाई पूर्णता दिनेबारे छलफल भएको उल्लेख गरिएको छ।

    भेटवार्ता सकेर मंगलबार क्वात्रा फर्केका छन्।मंगलबार नै क्वात्राले बंगलादेश भ्रमण सुरु गरिसकेका छन्।

    बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.