• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै


  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
  • बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ ।

    Advertisement

    बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाको १० पालिकामध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ ।

    नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोटले बालमैत्री नगरपालिका घोषणाका लागि २०७७ मङ्सिरबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो ।

    नगरपालिकाले दुई वर्षदेखि ११ वडामै सहजकर्ता र एक अधिकृतस्तरको कर्मचारीसमेत खटाएको थियो ।

    नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेर प्रमाणीकरणका लागि जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

    “नगरपालिकाले दुई वर्षदेखि अथक प्रयास गरेर नगरलाई बालमैत्री नगरपालिका घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचक पूरा गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यका सबै सूचकामा शतप्रतिशत नतिजा हासिल भइसकेको छ, शिक्षा, खानेपानी, बालविवाह, मालमैत्री संरचना, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन भइरहेको छ, केही पुराना संरचना बालमैत्री छैनन्, सुधार गर्न सक्नेलाई बालमैत्री बनाइयो, नगरपालिकाले नयाँ निर्माण गर्ने संरचना बालमैत्री बन्ने गरी नक्सा पास गर्ने गरेको छ, बालविवाह अन्त्यका लागि सेचतनामूलक कार्यक्रम गरिरहेका छौँ ।”

    नगरप्रमुख गैरेका अनुसार जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्लास्तरीय बाल कल्याण समितिले नगरपालिकाका विभिन्न वडाको अनुगमन गरिसकेको छ । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि लगानी सम्मेलन, वडास्तरमा बाल सञ्जाल गठन, विद्यालय, अस्पाताल, वडा कार्यालय, प्रहरी चौकी तथा सामाजिक सङ्घसंस्थालाई बालमैत्री बनाइसकेको छ । नगरपालिकाले यसका लागि हालसम्म रु दुई करोड ५० लाख रकम खर्च गरिसकेको छ ।

    जिल्लास्तरीय समितिले निर्णयपश्चात गण्डकी प्रदेशस्तरीय समितिले अनुमोदनपश्चात बालमैत्री वडा घोषणा हुने छ । बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले पठाएको ११ वटै वडाको सूचकको प्रतिवेदनका आधारमा अनुगमन गरिसकेको र २२ सामान्य बुँदामा सुझाव पेस गरिसकेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउनुभयो ।

    “अनुगमनका क्रममा धेरै सूचक पूर्णरूपमा पूरा भएको र केही सूचक मापदण्डअनुसारका पाइयो, कतिपय सूचक यस्ता छन् जुन तत्कालै गर्न र देख्न सम्भव छैनन्, जसलाई नगरपालिकाले निरन्तररूपमा बजेट विनियोजन गरेर कार्यक्रम गर्दै जानु पर्दछ”, उहाँले भन्नुभयो, “मुख्य कुरा भौगोलिक समस्याका कारण केही विद्यालयमा बालमैत्री संरचना बनाउनसमेत समस्या छ, भिरालो जग्गा छ यो गलकोटको मात्र समस्या हैन, कतिपय सूचक विस्तारै शतप्रतिशत पूरा हुने गरी काम भइरहेको देखियो, अनुगमनपश्चात २२ बुँदे सुझाव पेस गरेका छौँ । जसमध्ये नगरपालिकाले तत्कालै चार–पाँच सूचकलाई थप प्रमाणीकरण गर्ने देखिएको छ, पुन: सुझाव कार्यान्वयनमा आएपछि अझै एकपटक अनुगमन गरेपछि मात्रै घोषणाका लागि अनुमति दिन्छौँ ।”

    गलकोट नगरपालिका फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा भएमा गण्डकी प्रदेशको चौथो बालमैत्री पालिका र साविक धवलागिरि अञ्चलको पहिलो पालिका हुनेछ ।
    बालमैत्री नगरपालिका घोषणपश्चात नगरपालिकाले बालमैत्री नगरपालिका कायम गर्नका लागि निरन्तर बजेट विनियोजन तथा कार्यान्वयन गर्दै लैजानुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार बालमैत्री नगरपालिका घोषणापश्चात थुप्रै मानव विकासका कार्य गर्न सकिने र यसलाई प्रभावकारी बनाउनका लागि हाल पूरा भएका सूचकले सहयोग पुर्‍याउनेछन् ।

    नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा निरन्तर समावेश गर्दै आएको अनुगमनका क्रममा पाइएको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिनुभयो । बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, बालविवाह, बालसहभागिता, बालमैत्री भौतिक संरचना, सामाजिक क्रियाकलापमा बाल सहभागिता र बालश्रमको अन्त्यलगायतका ५१ सूचक पूरा गरेमा नगरपालिका बालमैत्री घोषणा गर्न मिल्ने राष्ट्रिय मापदण्ड रहेको छ ।

    मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.