• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

आइसीसी विश्वकप लिग दुई : ओमानद्वारा अमेरिका छ विकेटले पराजित


  •   बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
  • विक्रम गिरी,काठमाडौं ।

    Advertisement

    आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा ओमानले अमेरिकालाई छ विकेटले पराजित गरेको छ । ओमान लगातार दोस्रो खेलमा पनि विजयी भएको हो । ओमानले सिरजिको पहिलो खेलमा बुधबार नेपाललाई १८ रनले हराएको थियो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । अमेरिकाले ब्याटिङ गर्दै ५० ओभरमा सवै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । दुई सय १४ रनको विजय लक्ष्य ओमानले तीन बल बाँकी छँदै पूरा गर्यो । नेपालसितको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएका ओमानका मोहमद नदिम र नेपाली मुलका सुरज कुमारले आजको खेलमा ओमानलाई जित दिलाएका हुन् । नदिमले अविजित ५५ रन तथा सुरजले ३३ रनको योगदान दिनुभयो । दुवैले एक एक छक्का र दुई दुई चौकासमेत प्रहार गर्नुभयो । ब्याटिङसँगै उत्कृष्ट बलिङ गर्नुभएका नदिम खेलको प्लेयर अफ दी म्याचसमेत हुनुभयो ।

    ओमानका अलराउण्डर अक्विव ल्यासले जितका लागि आधार बनाउनुभएको थियो । उहाँले ७२ रन बनाउनुभयो । एक सय १० बल खेल्ने क्रममा अक्विवले दुई छक्का र छ चौकासमेत प्रहार गर्नुभयो । यस्तै खवर अलीले ३३ तथा जिसन मक्सुदले ११ रन बनाउनुभयो । बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर, रुस्टी थेरन, इयान हल्याण्ड र स्टेभन टेलरले एक एक विकेट लिनुभयो ।

    यसअघि टस हारेर प्रारम्भमा ब्याटिङ गर्ने क्रममा अमेरिकाका लागि इयान हल्याण्डले ६५ रन बनाउनुभयो । यसमा सात चौका सामेल थियो । अक्षय होमराजले ३३ रन बनाउनुभयो । उहाँले दुई छक्का र तीन चौका प्रहार गर्नुभयो । यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रन बनाउनुभयो । बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई/दुई तथा कलिमउल्लाहले एक विकेट लिनुभयो ।

    जितसँगै ओमानले दुई अंक जोडेको छ । ओमानले हालसम्म खेलेको आठ खेलमा ६ मा जित तथा दुईमा हारसँगै १२ अंक बटुलेको छ । अमेरिकाले नौ खेलमा ६ मा जित र तीनमा हारसँगै १२ अंक जोडेको छ । ओमान र अमेरिकाको समान १२ अंक भए पनि रनरेट राम्रो भएका कारण सात देश सम्मिलित आइसीसी विश्वकप क्रिकेट लिग दुईको तालिकामा शीर्ष स्थानमा कायमै छ । ओमान आजको खेलसँगै दोस्रो स्थानमा उक्लेको छ । अमेरिका र ओमानले गत वर्ष एकदिवसीय मान्यता पाएका हुन् ।

    आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी छन् । डिभिजन दुईमा हालसम्म स्कटल्यान्ड आठ खेलमध्ये चारमा जित र तीनमा हारसँगै नौ अंकका साथ तेस्रो, नामिबिया सात खेलमध्ये चारमा जित र तीनमा हारका साथ आठ अंक जाडेर चौथो तथा युनाइटेड अरब इमिरेटस् (युएई) सात खेलमध्ये तीनमा जित र तीनमा हारका साथ सात अंक बटुलेर पाँचौँ स्थानमा छ । नेपालले हालसम्म एउटा मात्र खेल खेलेको छ । हारका साथ अंकबिहीन बन्दै नेपाल छैटौँ स्थानमा छ भने आठ खेल खेलेको पपुवा न्युगिनी सबै खेल हारेर तालिकाको अन्तिममा रहेको छ ।

    आइसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । त्रिकोणात्मक सिरिजको तेस्रो खेल शनिबार नेपाल र अमेरिकाबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.