• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

महोत्तरीमा वन्यजन्तु बढेपछि किसान हैरान


  •   शनिबार, माघ २८, २०७९ मा प्रकाशित
  • बर्दिबास । ‘न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो’ बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि विरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्नुहुन्छ– ‘यो बालीनाली यिनलाई नै लगाइदिए जस्तै भयो ।’

    Advertisement

    खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ ।

    खेतबारीमा बाँदर, निलगाई र बँदेलले तथा घरआँगनमा बाँदरले दु:ख दिएर बालीनाली नोक्सान पारेका बर्दिबास नगरपालिकाका वन क्षेत्र नजिकका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसानको हैरानी बढेको छ ।

    वन्यजन्तुले बस्ती/बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । वनक्षेत्र नजिकका बस्तीमा निकै दु:ख दिने बाँदर भने जिल्लाका तल्लो भेगका बस्तीमा देखिँदैनन् तर नीलगाई र बँदेल हुलमै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दुरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् । बाँदर र दुम्सीले भने वन क्षेत्र नजिकका बस्तीमा सताउने गरेका छन् ।

    राधा जस्तै पूर्वपश्चिम राजमार्गबाट करिब पाँच किलोमिटर दक्षिणको बर्दिबास–७ मनहरिपुरकी ७० वर्षीया इन्द्रमाया पौडेल पनि वन्यजन्तुले हैरान खेलाएको बताउनुहुन्छ ।
    ‘यता बाँदर त लाग्दैनन्, तर नीलगाई र बँदेलले खेतबारीको बाली नोक्सान पारेर धुरुक्क रुवाए’ पौडेलले भन्नुभयो । खासगरी कोवी, बन्दा, केराउजस्ता तरकारी बाली र अहिले लहलहाउँदै गरेको गहुँ नीलगाई र बँदेलले नोक्सान गर्ने गरेका पौडेलको भनाइ छ ।

    आफ्नो बस्तीमा बँदेल र नीलगाईले बाली नोक्सान गरेर सताएको भारतीय सीमावर्ती बस्ती सम्सीका मुनेश्वर यादव बताउनुहुन्छ । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको यादवको भनाइ छ । बँदेलले रातीमात्र बाली नोक्सान गर्छ । तर ठूलै समूहमा देखिने नीलगाईले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका भारतसँग जोडिएको सोनमा गाउँपालिका–३ रघुनाथपुरका रामप्रताप यादव बताउनुहुन्छ । नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेललेभने रातिमा बस्तीभित्रै पसेर घरकरेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमद बताउनुहुन्छ ।

    नीलगाई मानिसको डरले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न डर भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताउनुभयो । बँदेलले प्रत्येक रातजसो फूलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गर्छ ।

    जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भुचक्रपुर, राजपुर र धतियाटोलतिर चार/पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । बँदेलले त कैयन छिमल बच्चा यतै हुर्काइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउनुहुन्छ । दुम्सी आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका दाहालको भनाइ छ ।

    नीलगाई र बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैन । उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिंया र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर दु:ख दिने गरेको छ । वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती/बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाहरूको भनाइ छ । (रासस)

    शनिबार, माघ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    बोलिभियामा नयाँ जङ्गली बिरालो
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    बिगेसोले गोर्खा भर्तीसम्बन्धी सर्वोच्चको आदेश प्रभावित पार्ने षड्यन्त्रको भण्डाफोर गर्ने
    विश्वकर्मा बाबाको मन्दिर उद्घाटन
    आम्दानीको स्रोत बन्दै भटमास खेती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.