काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट दुरुपयोगबारे छानबिन सुरु भएको छ । सिन्धुलीका युवराज पौडेल सफलले दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले छानबिन थालेको हो ।
Advertisement
जिल्ला प्रहरी परिसर काठमाडौं र अध्यागमन विभागले उजुरी लिन नमानेपछि सफलले वकिल कार्यालयमा निवेदन दिएका थिए ।
निवेदन परेपछि पछि वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र अध्यागमन विभागमा बुधबार पत्र पठाइसकेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
नागरिकताको मुद्दामा दोषि ठहर भएका लामिछानेले सोही नागरिकताका आधारमा पासपोर्ट लिएर दूरुपयोग गरेको उजुरीमा उल्लेख छ । उक्त कसुर अनुसार लामिछानेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।