• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संघीयता खारेजीको विकल्प छैन : अध्यक्ष नेपाली


  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
  • शड्ढरप्रसाद पोख्रेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले नेपालमा संघीयता खारेजीको विकल्प नरहेको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा आयोजित “देशको तात्कालिक परिस्थितिमा गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको विरुद्ध सङ्घर्षको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि रहनुभएका कार्यकारी अध्यक्ष नेपालीले अहिले देशको राष्ट्रियता, सार्वभौमसत्ता, गणतन्त्र र धर्म निरेपक्षता धरापमा रहेको बताउनुभयो ।

    ‘देशको राष्ट्रियता, सार्वभौमसत्ता, गणतन्त्र र धर्म निरपेक्षता धरापमा छ’ उहाँले भयो– ‘२०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त यी उपलब्धिलाई जोगाउन सम्पूर्ण अग्रगामी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता देखिएको छ ।’

    सम्बोधनको क्रममा उहाँले सङ्घीयता नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको बताउनुभयो । सङ्घीयता आफैमा खराब शासन प्रणाली नभए पनि नेपालको सन्दर्भमा सङ्घीयता सही व्यवस्था नभएको उहाँको भनाइ थियो ।

    ‘हाम्रो देशको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र आर्थिक स्थितिको हिसाबले पनि मुलुकले सङ्घीयता थेग्न सक्दैन’ अध्यक्ष नेपालीले अगाडि भन्नुभयो– ‘त्यसैले सङ्घीयतालाई छिटोभन्दा छिटो नेपाली जनताको आन्दालनको बलमा खारेज गर्नुपर्दछ र त्यसको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित शासन व्यवस्था कायम गर्नुपर्दछ ।’

    सङ्घीयताको नेपालमा प्रवेश नै जनताको आवश्यकताले नभएको उहाँको भनाइ थियो । उहाँले सङ्घीयता देशमा राजनीतिक अस्थिरता उत्पन्न गर्न विदेशी शक्तिकेन्द्रले बोकाएको बताउनुभयो ।

    ‘सङ्घीयता नेपालमा अस्थिरता पैदा गर्न साम्राज्यवादले जबर्जस्ती बोकाइदिएको भारी हो’ उहाँले बेलैमा नेपाली जनता सचेत नभए नेपाल राष्ट्र विश्व मानचित्रबाटै समाप्त हुन सक्ने उहाँले बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले सङ्घीयता स्वीकार गरेका राजनीतिक दलहरूसित पनि यस विषयमा देश सुहाउँदो धारणा बनाउन सुझाव दिनुभयो ।

    ‘विदेशीको इसारामा सङ्घीयता बोकाइएको हो भन्ने थाह हुँदाहुँदै तपाईंहरू चुप लागेर नबस्नुहोस्’ उहाँले भन्नुभयो– ‘नेपालको वस्तुगत परिस्थिति सुहाउँदो सङ्घीयता छैन भन्ने तपाईंहरू सबैलाई थाहै छ ।’

    अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाकी लुम्बिनी प्रदेश सांसद तारा थापाले राष्ट्रियता र जनजीविकाको पक्षमा बोल्ने पार्टी भनेकै राष्ट्रिय जनमोर्चा भएकाले विचार फरक भए पनि ढिलोचाडो सबै दलहरू सङ्घीयता खारेजीको पक्षमा उभिनैपर्ने विश्वास व्यक्त गर्नुभयो ।

    वामपन्थी बुद्धिजीवी लिलबहादुर केसीले राष्ट्रहितको दस्तावेज राष्ट्रिय जनमोर्चा पार्टीले मात्रै लेख्ने गरेको बताउँदै अन्य पार्टीहरूसित पनि त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

    अवधारणा पत्रमा टिप्पणी गर्दै नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि रामबहादुर कार्कीले राष्ट्रिय जनमोर्चाले उठाएको राष्ट्रियताको विषयमा आफ्नो सहमति भए पनि एमसिसी र सङ्घीयताको पक्षमा आफू सहमत नभएको बताउनुभयो ।

    नेकपा (एकीकृत समाजवादी) का सञ्जीव भण्डारीले अवधारणा पत्रमाथि टिप्पणी गर्दै विचारको हिसाबले राष्ट्रिय जनमोर्चा ठिक भए पनि साङ्गठनिक रूपमा कमजोर रहेको बताउनुभयो । उहाँले सही विचारको पक्षमा सा·ठनिक शक्ति प्राप्त गर्न राजमोलाई सुझाव दिनुभयो ।

    नेकपा (एमाले) का लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बरालले अवधारणा पत्रमाथि टिप्पणी गर्दै राष्ट्रिय जनमोर्चाले प्रतिगमनको हौवा फैलाएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले आफ्नो पार्टीको नेतृत्वमा प्रतिगमन नभएको दाबीसमेत गर्नुभयो ।

    नेकपा (माओवादी क्रान्तिकारी) का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले सङ्घीयताको विषयमा अवधारणा पत्र अस्पष्ट रहे पनि राष्ट्रियताको सवालमा एकताबद्ध भएर आन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    नेकपाका प्रतिनिधि वसन्त श्रेष्ठले अवधारणा पत्र अपुरो रहेको भन्दै यसमा धेरै विषय थप्नुपर्ने तर्क पेस गर्नुभयो ।

    जनता समाजवादी पार्टीका प्रतिनिधि मनिकर कार्कीले राष्ट्रिय जनमोर्चाले उठाउने विषय सही भए पनि सङ्घीयता देशका लागि आवश्यक रहेको दाबी गर्नुभयो ।

    कार्यक्रममा वक्ताहरूले उठाएका प्रश्नहरूको जवाफ प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले दिनुभएको थियो ।

    प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको सञ्चालन राजमो लुम्बिनी प्रदेश सचिव सोमकुमार कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजमो नेता शेरबहादुर बिसीले गर्नुभएको थियो ।

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.