• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन


  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित
  • काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ ।

    Advertisement

    गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट चेन्ज जर्नालिस्ट्स फोरम) गठन गरेको थियो ।

    सो तदर्थ समितिमा आबद्ध पत्रकारहरूले भर्चुअल माध्यमबाट विभिन्न चरणमा बैठक गरी संस्था गठनको आवश्यक प्रक्रिया अघि बढाउनुका साथै विधानलाई अन्तिम रूप दिएर आइतबार कार्यकारी समितिको नामावली सार्वजनिक गरेको हो । भारतका पत्रकार आशीष गुप्ताको अध्यक्षतामा १८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ ।

    मञ्चको कार्यकारी उपाध्यक्षमा करामोत उल्लाह विप्लव (बङ्गलादेश), उपाध्यक्षत्रयमा महिन्दा पाथिराना (श्रीलङ्का), श्रीराम सुवेदी (नेपाल) र मोहम्मद रबनावाज चौधरी (पाकिस्तान) रहेका छन् । महासचिवमा असदुज्जमान सम्राट (बङ्गलादेश), सहायक महासचिवद्वयमा भीष्मराज ओझा (नेपाल) र राई मुनाब्बर (माल्दिभ्स) तथा कोषाध्यक्षमा मासुम बिल्लाह (बङ्गलादेश) रहेका छन् ।

    त्यसैगरी मञ्चको कार्यकारी सदस्यमा सिके नायक (भारत), कुन्तक चटर्जी (भारत), सुनितकुमार भुयान (भारत), रिञ्जिन वाङ्चुक (भुटान), इमरान वाई चौधरी (पाकिस्तान), केजे फैजा गिलानी (पाकिस्तान), केलुम बन्दारा (श्रीलङ्का), प्रगति ढकाल (नेपाल) र रफिकुल इस्लाम सबुज (बङ्गलादेश) रहेका छन् ।

    सार्क सचिवालयबाट मान्यता दिलाउन प्रक्रिया अघि बढेको मञ्चले जनाएको छ । यसैगरी सार्कका सबै देशले आ–आफ्ना च्याप्टर गठन गर्न सक्ने विधानमा उल्लेख छ । मञ्चको मुख्यालय बङ्गलादेशको ढाकामा रहने महासचिव सम्राटले बताए ।

    उच्चतम हिमाल, पहाडी भू–भाग, समथर भूमिसहित सामुद्रिक क्षेत्रसँग जोडिएको दक्षिण एसिया जलवायु परिवर्तनका कारण हुने जोखिममा अग्रपङ्क्तिमा आउँछ । यही चुनौतीलाई सम्बोधन गर्ने दिशामा सञ्चारमाध्यमको भूमिकालाई सशक्त पार्न यो संस्थाले काम गर्ने बताइएको छ । रासस

    सोमबार, माघ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.