बागलुङ बजार । रक्तिम सांस्कृतिक अभियान निसिखोला दोस्रो पालिका स्तरीय भेला सम्पन्न भएको छ । केन्द्रीय सचिव तथा जिल्लाअध्यक्ष सहबिन अर्गेजाको प्रमुख आतिथ्यमा २०७९ माघ २० गते शुक्रबार झिवाखोलामा सो भेला सम्पन्न भएको हो ।
भेलामा मन्तव्य राख्दै प्रमुख अतिथि अर्गेजाले संसारभरि कुसंस्कार, कुरीति, कुकार्य, अन्धविश्वास र धर्मको नाममा भ्रम सिर्जना गरी जनतालाई लुट्ने काम भइरहेको बताउनुभयो । यस्तो किसिमको प्रवृत्तिबाट जनतालाई मुक्त गर्न रक्तिम सांस्कृतिक अभियानले देश जनतामा जनजागरण ल्याउन जनवादी गीतसङ्गीतको माध्यम अपनाएको उहाँको भनाइ थियो ।
उहाँले २०७९ फागुन ७ र ८ गते रक्तिम बागलुङको दोस्रो जिल्ला सम्मेलन बुर्तिबाङ बजारमा भब्य रूपमा गर्ने योजना रहेकाले त्यसमा सहभागी हुन आम जनतासित अपिल गर्नुभयो ।
भेलालाई राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव खिमविक्रम शाही र राजमो जिल्ला सदस्य थमन घर्तीले पनि शुभकामना भएको थियोे ।
भेलाले रक्तिमको नौ सदस्यीय पालिका स्तरीय समिति गठन गरेको छ । समितिमको अध्यक्षमा सबराज छन्त्याल, कोषाध्यक्षमा रेनु छन्त्याल, सचिवमा रोजन बुढामगर तथा सदस्यहरूमा हिमाल सुनार, रेजिना चन्द, सङ्गिता चन्द र ममता घर्तीमगर रहनुभएको छ भने सदस्यको दुई जना हाललाई रिक्त रहेको छ ।
भेलाको अध्यक्षता सबराज छन्त्यालले र सञ्चालन हिमाल सुनारले गर्नुभएको थियो ।
