महेन्द्रनगर । अखिल नेपाल किसान महासंघ, कञ्चनपुरको अध्यक्षमा गोविन्द बोहरा चयन हुनुभएको छ ।
Advertisement
आइतबार महेन्द्रनगरमा सम्पन्न भेलाले बोहरालाई अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा हर्कसिंह धामी र सचिव गंगा साउँद चयन हुनुभएको छ ।
सदस्यहरूमा राज कुमार चौधरी, पार्वती विष्ट, पूजा चौधरी र मनिश मल्ल रहनुभएको छ भने जयबहादुर मल्ल र जनक कुँवरलाई सल्लाहकार चयन गरिएको छ ।
भेलामा अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटाले किसानले भोग्नुपरिरहेका समस्या, किसान आन्दोलन र महासंघका गतिविधिबारे जानकारी दिनुभएको थियो ।
यस्तै, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनु भएको राजमो जिल्ला सचिव लालबहादुर कुँवरले जानकारी दिनुभयो ।