काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः गृहमन्त्री बन्न पाउनुपर्ने दाबी गरेका छन् । आइतबार नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएका उनले गृहमै दाबी गरेका हुन् ।
यसबारे प्रधानमनत्री पुष्पकमल दाहालसँग बालुवाटार पुगेर उनले छलफलसमेत गरेका छन् ।
आइतबारै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृह मन्त्रालय दाबी गर्ने र रविलाई नै पुनः मन्त्रीमा पठाउने निर्णय गरेको थियो ।
पार्टीको निर्णय, सभापति चयन, गृह मन्त्रालय दाबीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न उनी बालुवाटार गएको रास्वपाका एक नेताले बताए।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीसँग ३ घण्टा बढी छलफल गरेका थिए। ओली बाहिरिए लगत्तै रवि बालुवाटार पुगेका हुन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने नेपाली नागरिकता प्रमाणपत्र नभएको भन्दै शुक्रबार सांसद पद खारेजीसँग सबै पद गुमाएका थिए। तर, आइतबार रविले नागरिकता पुनः प्राप्ती गरेका छन्। नेकपा माओवादी केन्द्र भने गृह मन्त्रालय आफैँसँग राख्ने योजनामा छ ।