काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन् । कर विवादका कारण पटवालले रजीनामा दिएको स्रोतले जनाएको छ ।
पटवालले लिने तलवमा कर बढी भएको भन्दै असन्तुष्टी जनाउँदै आएका थिए । मासिक ७ हजार डलर तलब पाउने पटवालले २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो । उनले पाउने तलब रकम कर बाहेकको हुनु पर्ने भन्दै तलब लिन नै अस्वीकार गरेको स्रोतको दाबी छ ।
पटवाललाई गतवर्ष आइसीसी र राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकको रुपमा जिम्मेवारी दिएका थिए । पटवालले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजपछि लागु हुने गरि अन्तर्रािष्ट्रय क्रिकेट परिषद् (आईसीसी)मा राजीनामा बुझाएका हुन् ।
प्रशिक्षकको रुपमा पटवालले सिंगापुरमा भएको टी–२० विश्वकपको एसिया छनोटका नेपाली टिमको जिम्मेबारी सम्हालेका थिए ।

