• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अहिलेसम्म एक सय दुई पटक रक्तदान गरेँ, थाहा पाएसम्म सबै ठाउँमा पुगेर रगत दिन्छु


  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
  • दमौली । तनहुँको दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गर्नुभएको छ । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको हो ।

    Advertisement

    जिल्लाभित्र र जिल्लाबाहिर गरेर अहिलेसम्म एक सय दुई पटक रक्तदान गरेको अधिकारीले बताउनुभयो । पैँतालीस वर्षीय उहाँले रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गर्नुभयो ।

    जहाँ जहाँ कार्यक्रम हुन्छ त्यहीँ पुगेर रक्तदान गर्ने गरेको अधिकारीले बताउनुभयो । “थाहा पाएसम्म सबै ठाउँमा पुगेर रगत दिन्छु, आफू बाँचेर अरुलाई पनि बचाउने यो पुण्य काम हो”, उहाँले भन्नुभयो, “तनहुँका अतिरिक्त नेपालका विभिन्न जिल्लामा मैले रक्तदान गरेको छु ।”

    उहाँले भारत र बैङ्ककसमेतमा रक्तदान गरेको जानकारी दिनुभयो । उहाँले नेपालका करिब २३ जिल्लामा रक्तदान गर्नुभएको छ । “कम्तिमा तीन महिनामा एक पटक रक्तदान गरेर शरीर स्वस्थ राख्न सकिन्छ”, अधिकारीले भन्नुभयो, “यसै खेर जाने रगतले अरुको जीवन बच्छ ।”

    रक्तदान गर्न मिल्ने अवस्थासम्म आफूले रक्तदान गरिरहने उहाँले बताउनुभयो । अधिकारीले एक सय आठ पटकसम्म रक्तदान गर्ने सङ्कल्प गर्नुभएको छ । “एक सय आठ पटक पुर्‍याउने सङ्कल्प गरे पनि सकेको र दिन मिल्ने अवस्थासम्म रक्तदान गर्न छाड्दिनँ”, अधिकारीले भन्नुभयो ।

    सोह्र वर्षको हुँदा उहाँको अचानक नाकबाट धेरै रगत बग्यो । चिकित्सकसँग परीक्षण गराउँदा ‘तपाईंको शरीरमा एकदमै धेरै रगत छ’ भनेर भनेको अधिकारी सम्झनुहुन्छ । “अब के गर्ने त डाक्टर साब ?”, उहाँले प्रश्न गर्नुभयो । त्यसपछि डाक्टरले ‘तपाईंले बेलाबेलामा रक्तदान गर्नुस्’ भनेको उहाँलाई अझै याद छ ।

    त्यसको १५–२० दिनपछि उहाँले ठिमीस्थित महालक्ष्मी विद्यालयमा पहिलो पटक रक्तदान गर्नुभयो । “सुरुमा रिङ्गटा लागेजस्तो भयो, पहिलो पटक भएर त्यस्तो भएको थाहा पाएँ”, उहाँले भन्नुभयो, “त्यसैदिन मैले एक सय आठ पटक रक्तदान गर्छु भनेर भगवान्सँग सङ्कल्प गरेँ ।” रक्तदान गर्दा अरुको जीवन बचाउन सकिने भएकाले रक्तदान गर्ने प्रण गरेको अधिकारी सुनाउनुहुन्छ । अधिकारीले १६ वर्षको उमेर हुँदा रक्तदान सुरु गर्नुभएको थियो ।

    २२ पिन्ट रगत सङ्कलन
    आठौँ राष्ट्रिय योग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा २२ पिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको योग गुरु अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    नेपाल रेडक्रस सोसाइटी तनहुँका अध्यक्ष प्राडा कृष्णप्रसाद गौतमले दमौलीमा रगतको मागलाई पूरा गर्न आयोजित कार्यक्रम सकारात्मक रहेको बताउनुभयो ।

    शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.