सुर्खेत । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको कर्णाली प्रदेश प्रथम अधिवेशनमा दुई पक्षबीच कुटाकुट भएको छ ।
Advertisement
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा पार्षदको विषयलाई लिएर संस्थापन र इतर पक्षबीच हात हालाहाल भएको हो ।
अधिवेशनमा विवाद सिर्जना भएपछि तानातान गर्नुका साथै माइक खोसाखोस भएको थियो ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायत सहभागिता थियो ।