डा. गोविन्दप्रसाद आचार्य
हिजोआज यो आकाशमा कौवाहरू उडेका छन् ।
असतिका डोजरहरू लोकतन्त्रमा गुडेका छन् ।
मिर्मिरेमा चिर्बिराउन भगेराले पाउँदैन र ?
लोकतन्त्रको रुखमा बसी फिस्टाले गीत गाउँदै न र ?
किन होला यो आकाशमा कौवाहरू मात्र उड्छन् ?
किन होला लोकतन्त्रमा असतिका डोजर गुड्छन् ?
लजाएर हैन होला लालीगुराँस नफुलेको ।
धेरै भयो प्याउली पूmल बसन्तमा नफुलेको ।
प्याउली फुल्ने पहाडका भित्ताहरू ताछिसक्यो ।
गुराँसको दोष के थियो जरैदेखि ढाल्नुप¥यो ।
प्याउली फुल्ने भित्ता ताछी शहरमा बने घर ।
घर बनाउने सिपभन्दा अर्को कला के नै छ र ?
प्याउली फुल्ने भित्ता ताछी पैसा गयो विदेशमा ।
असतिका डोजर गुड्छन् बेथितिको लोकतन्त्रमा ।
घिउमा गोबर मिसाएर महङ्गोमा बेचेका हुन् ।
खसी दिने बाचा गर्थे सिन्कीको झोल नदिने हुन् ।
डोजरतन्त्र लुटमन्त्र थीति यस्तै बसिसक्यो ।
विकासले हार खाएर खेतबारीमा विष छ-यो ।
हर घडी हर पला भूतले खाजा खाइरहेको ।
परेवाको गञ्जबाट चिबे चरो गाइरहेको ।
बाघको छाला स्यालरजाइँ लोकतन्त्र शोभा भयो
मह खाने कसरी हो घार छोडी मौरी गयो ।
धेरै मान्छे कमाएर रमाएको हेर्न पाऊँ ।
मह खाने मन छ भने घारभरि मौरी पाऊँ ।
मह काड्ने कसरी हो मौरी छैन घार रित्तो ।
पर्वहरू घुम्दै आउँदा नलिपेको घरको भित्तो ।
चौतारीका बरपिपल डोजरले चपाइदियो ।
असतिको कमाईले सुन्दर पहाड पल्टाइदियो ।
मन कुँडिन्छ नेत्रबाट आँसु झर्रछ बर्बर ।
झरनाको मिठो पानी झर्दैन है झर्झर ।
मिर्मिरेको पहिलो आकाश कौवाहरू थर्काउँछन् ।
लोकतन्त्रको छातीमाथि असतिका डोजर गुड्छन् ।
मिर्मिरेमा कौवाको राज हुन्छ किन लोकतन्त्रमा ?
भँगेराले उड्न पाउने खै त हक लोकतन्त्रमा ?
भष्मासुरको डोजरले प्रकृतिको कला खायो ।
कला खाने डोजरले विदेशमा पैसा लग्यो ।