• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

मनाङको हिउँदे कठिनाइ


  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित
  • नवीन लामिछाने, मनाङ ।
    जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् ।

    Advertisement

    चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् ।

    गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङका सडक, पुल, जलविद्युत्लगायतका विकास निर्माणका काम रोकिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताउनुभयो । ‘सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा सिमेन्ट प्रयोग हुने कार्य रोकिएको छ, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा संरचना निर्माणको काम गर्न सकिँदैन’, उहाँले भन्नुभयो ।

    हिउँ नै नपरे पनि चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जय विष्टले बताउनुभयो । ‘हिउँका कारण सिमेन्ट प्रयोग गरी निर्माण गरिने माथिल्लो मनाङको संरचनाका काम गर्न सकिँदैन, यहाँको काम वर्षमा तीन महिना मात्रै गर्न पाइन्छ’, उहाँले भन्नुभयो ।

    मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उहाँले बताउनुभयो । अन्य जिल्लाको दाजोमा प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न कठिन रहेको उहाँकोे भनाइ छ । सो सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ ।

    मनाङको सहज यातायातका लागि सङ्घ सरकारले विशेष रुपमा सडक तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । रु तीन करोड १४ लाख बजेट विनियोजन भएर तल्लो मनाङ तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा मौसम प्रतिकूल भएपछि केही ढिलाइ हुने भएको कार्यालयले जनाएको छ ।

    सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले कूल रु ६० करोड विनियोजन गरेको छ ।

    बहुवर्षीय रुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट विनियोजन हुँदै आएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीशहर–चामे सडकखण्डलाई चौँडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बाटो बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।

    मनाङका विद्यालय तीन महिना बन्द
    मनाङका विद्यालयले गत मङ्सिर अन्तिम सातामा परीक्षा सकाएर अहिले जाडो बिदा भएको छ । मौसम प्रतिकूलताले गर्दा यहाँका विद्यालय सञ्चालन गर्न सकिँदैन । यहाँका विद्यार्थीले अर्धवार्षिक परीक्षा दिएर जाडो छल्न बेँसी गएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईइँले बताउनुभयो ।

    ‘परीक्षा सकाएर विद्यार्थी जाडो छल्न बेँसी झरेका छन्, अब करिब चैतको पहिलो साता मात्रै पठनपाठन गर्न आउँछन्’, उहाँले भन्नुभयो, ‘जाडोमा अभिभावकसँगै विद्यार्थी जाडो छल्न जान्छन्, जाडो छल्न जाने यहाँका मानिसको प्रचलन जस्तै बनेको छ । अर्धवार्षिक परीक्षा सकाएर बेँसी झरेका छन्, जाडो सकिएपछि फागुनको अन्तिम वा चैतको पहिलो साता मनाङ फर्किन्छन् ।’

    चामेमा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासोंमा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमिमा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको एकाइले जनाएको छ ।

    पर्यटकको आगमनमा कमी
    हिमपात नभए पनि यहाँ बढी चिसो हुँदासम्म पर्यटक आउने क्रम जारी छ । प्रतिदिन करिब १० देखि १५ जनाका दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । ‘चिसो अत्याधिक बढेको छ, पर्यटक प्रतिदिन १० जना आउने क्रम जारी छ, सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौंँ’, गौतमले भन्नुभयो, ‘हिमपात नभए पनि चिसो अत्याधिक छ, खानेपानी जमेको अवस्था छ, तर पर्यटक आउन पूर्ण रुपमा रोकिएको छैन ।’

    पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने बताइएको छ । हिमपात भएपछि भने मनाङ गाउँबाट माथि जान सक्ने अवस्था नहुने स्थानीयको भनाइ छ ।

    ‘प्रायःजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्लापास जान अनुमति दिएका छौँ, हिउँ नपर्दा सुख्खापन बढेको छ, यसले कृषि बालीमा समेत समस्या हुने देखिएको छ’, प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो, ‘पुसमा हिमपात हुने अवस्था देखिएको छैन, माघमा मात्रै हिमपात पर्न सक्ने मौसम विभागको अनुमान छ, सोहीअनुरुप पर्यटकको आवागमनलाई स्वीकृति दिइरहेका छौंँ ।’

    तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले चिसोमा पनि सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाइएको एक्यापका प्रमुख गौमत बताउनुहुन्छ ।

    होटेल व्यवसाय हेरचाहका लागि कुर्ने मान्छे राखेर यहाँका व्यवसायी बेसी झर्ने गरेका छन् । कम मात्रामा आएका पर्यटक तथा पाहुनालाई बस्न कुर्ने मान्छेले व्यवस्थापन गर्दै आएका छन् ।

    मुख्य आम्दानीको स्रोत
    यहाँको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय र जङ्गली जडीबुटी हुन् । अझ मुख्य स्रोतका रुपमा जङ्गली जडीबुटीलाई लिने गरिएको छ । यहाँ देशकै महँगो जडीबुटी यार्सागुम्बा, वन लसुन, गुची च्याउलगायत पाइन्छन् । जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुने गरेको छ । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुँदै आएको छ ।

    मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्करलगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् । नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ ।

    घर नजिकै गोठ लेकमा लगेर पालिँदै आएका पशुको गोठ जाडोमा घर नजिकै सारिएको छ । चिसो बढ्दै गएपछि यहाँका गाउँ रित्तिदै जान्छन् । चिसोमा भेडाच्याङ्ग्राका पाठापाठी र चौरीका बाच्छाबाच्छीलाई बचाउन बेँसी घर नजिकै गोठ बनाएर पाल्ने गरिन्छ । चिसोले जमेको पानी भेडाच्याङ्ग्रालाई खुवाउनै मुस्किल हुने गरेको मनाङ ङिस्याङ–१ का ७४ वर्षीय पशुपालक किसान याङ्दुङ गुरुङ बताउनुहुन्छ ।

    भेडाच्याङ्ग्रा र चौँरीलाई यतिबेला सुकेका घाँस खुवाएर पालिने गरिएको उहाँ बताउनुहुन्छ । भेडाच्याङ्ग्रा र चौरीसहित गोठाला बेँसी झरेर घर नजिकै आएका छन् । नार्पाभूमिका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्नहुन्छ, ‘वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट यहाँका बासिन्दा बेँसी झरिसकेका छन् ।’ जाडोमा पशुलाई गहुँ, फापरका नल खुवाएर राखिने गरिएको छ ।

    मनाङका अधिकांश स्थानीय पशुपालनमा आवद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । वर्षातको समय लेक र हिउँदको समय बँेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । अब चैत पहिलो साता मात्रै लेक चढ्ने गर्दछन् । घर नजिक ल्याइएका चौरी, भेडाच्याङ्ग्रा हिमलुङ हिमालको फेदी, आइसलेक, नाम्के लेकको फेदीसम्म चराउन लैजाने गरिन्छ ।

    पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै राखिने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कमा लैजाने गरिन्छ । पानी नपरे पनि गोठ नै पुरिने गरी तुसारो परेपछि पशुपालक बेँसी झर्ने गर्दछन् । यसवर्ष छिट्टै चिसो बढेको मनाङवासीको भनाइ छ ।

    विगतमा गाउँका अधिकांश मानिसले भेडाच्याङ्ग्रा र चौंरी पाल्ने गर्थे । युवाहरू पर्यटन व्यवसायतर्फ लाग्न थालेपछि पशुपालन कम हुँदै गएको छ । अरु व्यवसायको तुलनामा पशुपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवाले गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो दिन छाडेका छन् । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन् भने केहीले पशुपालन छाडेर पर्यटन व्यवसायतर्फ लागेका छन् । पर्यटन व्यवसाय सञ्चालनका लागि पनि पशुपालन आवश्यक हुने हुँदासम्म यहाँका युवा कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् ।रासस

    सोमबार, पुष १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.