काठमाडौं । जरकोटमा जीप दुर्घटनामा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डागाड नगरपालिका–५ का जैमान अधिकारी गम्भीर घाइते भएका छन्। आइतबार दिउँसो करिब ४ बजेको समयमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो।
मध्यपहाडी सडकखण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप दुर्घटनामा परेको हो। जीप सडकबाट २०० मिटर तल खसेको छ।