• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संस्कृत विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित


  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
  • दाङ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ ।

    Advertisement

    तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ ।

    “अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर अहिलेसम्म पनि सीमित शिक्षक हुनुहुन्छ, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ”, विद्यार्थी अभय प्रताप चौबले भन्नुभयो, “म कैलालीबाट बिएएमएस पढ्न पनि आएको हुँ, तर यहाँको पढाइ निकै कमजोर रहेछ ।” एउटा प्राध्यापकले १२ पिरियड पढाउनुपर्नेमा २५–३० पिरियड पढाइरहेको उहाँले बताउनुभयो ।

    त्यस्तै झापाबाट बिएएमएस पढ्न आउनुभएका प्रदीप दाहालले पनि क्याम्पसमा पढ्ने वातावरण सहज नभएको बताउनुभयो । “प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउनुहुन्छ, त्यो पनि पढाइले गुण्स्तर सिकाइ भएकोे छैन”, उहाँले भन्नुभयो, “एक हप्तादेखि हामी कलेज नै गएका छैनौँ”, उहाँ नवौँ ब्याचको विद्यार्थी हुनुहुन्छ ।

    त्यस्तै कैलालीकी रिया भण्डारी गएको भदौमा ११औँं ब्याचको रूपमा आउनुभयो । तर उहाँले नियमित कक्षा लिएदेखि अहिलेसम्म धेरै विषय पढाइ नै भएका छैनन् । “म पहिलो दिन भर्ना हुँदा नै आन्दोलनको ‘फेस’ गर्नुपरेको थियो”, उहाँले भन्नुभयो, “चिफ सरको एउटा कलास छ, त्यो कलास एक दिन भयो, त्यसपछि उहाँ कलासमा नै आउनुभएको छैन ।”

    पदार्थ विज्ञान एक दिनमात्रै पढाइ भएको उहाँले बताउनुभयो । त्यस्तै तीनवटा विषयको अहिलेसम्म पढाइ नै सुरु भएको छैन । अहिले संस्कृतका केही कक्षामात्रै चलिरहेको भन्दै यस्तो पाराले सिकाइ प्रभावकारी नहुने उहाँको भनाइ छ ।

    “हामीलाई अहिले संस्कृतमात्रै घोकाइरहनुभएको छ, यस्तो पाराले हामी कसरी डाक्टर बन्ने हो”, उहाँले भन्नुभयो, “घोकेर पछि बिरामीलाई हामीले कसरी उपचार गर्ने, निकै गाह्रो भएको छ ।” पहिला पास भएर गएका डाक्टरले पनि एउटा सिरिञ्जसमेत लगाउन नजान्ने गरेको उहाँको भनाइ थियो ।

    ओपिडीको पनि समस्या
    त्यस्तै विद्यार्थीले प्रयोगात्मकका लागि ओपिडीको पनि माग गरेका छन् । अहिलेसम्म ओपिडी नहुँदा विद्यार्थी कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने अवस्था रहेको छ । डाक्टर पढाउने क्याम्पसको एउटा ओपिडी नहुनु दु:खद् कुरा भएको भन्दै यो समस्या पनि तत्काल समाधान गर्न विद्यार्थीको माग छ । प्रयोगात्मक नहुँदा पास भएर गए पनि बिरामीलाई सहज उपचार दिन नसकिने भन्दै क्याम्पसमै प्रयोगात्मकको सहज व्यवस्थापन हुन आवश्यक रहेको विद्यार्थी चौबले बताउनुभयो ।

    विद्यार्थीले यो कार्यको विरोध जनाएका छन् । विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय केन्द्रीय आयुर्वेद विद्यापिठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा पनि तालाबन्दी गरेका छन् । विद्यार्थीका यी मागप्रति आफू सकारात्मक रहेको विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेले बताउनुभयो ।

    विसं २०७८ चैत १६ गते शिक्षकका लागि विज्ञापन खोलेको भए पनि तत्काल निर्वाचन आचरसंहिता लागेका कारण त्यो प्रक्रिया अघि नबढाउन सरकारले निर्देशन दिएपछि कार्य अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । अहिले विषयसँग सम्बन्धित शिक्षक नपाइने समस्या पनि रहेको उहाँको भनाइ छ ।

    मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.