काठमाडौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न पाँचदलीय गठबन्धनको बैठक बसेको छ । सोमबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो ।
बैठकमा प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागि हुनुहुन्छ ।
यस्तै, कांग्रेस वरिस्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र राजमो सचिव हिमलाल पुरीको सहभागीता रहेको छ ।
बैठकमा चुनावको समीक्षा तथा नयाँ सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १८ स्थानमा विजयी भएको छ भने नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ।