इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी बिधानसभाबाट बाहिरिने भएको छ ।
Advertisement
प्रसिद्ध पूर्वक्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसद्मा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत हुनुभएको थियो । उहाँको दल अहिले प्रतिपक्षमा छ ।
उहाँले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधी निर्वाचनको माग गर्दै आउनुभएको छ । यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान प्रधानमन्त्री सरिफले उक्त आरोपको खण्डन गर्दै आएका छन् ।
सरकारले अर्को निर्वाचन सन् २०२३ मा तोकिएकै मितिमा हुने बताएको छ ।
खानले आफ्ना मुख्यमन्त्री र संसदीय दलसँग भेटघाट गर्ने र बाहिरिने समय घोषणा गर्ने बताउनुभएको छ । (रासस/एपी)