• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सुदूरपश्चिम र मधेशमा माओवादी शून्य, कर्णालीमा एमाले ‘क्लिनस्वीप’


  •   आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
  • काठमाडौं । विसं २०७४ सालको निर्वाचनमा वामगठबन्धन गरेर प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत हासिल गरेका नेकपा (एमाले) र माओवादी केन्द्र यसपटक केही प्रदेशमै क्लिनस्वीप भएका छन् ।

    Advertisement

    हालसम्मको प्राप्त नतिजा अनुसार नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट एक जना पनि प्रतिनिधि सभामा जिताउन सकेन भने नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम र मधेश प्रदेशमा शून्य भयो ।

    यद्यपी मधेश प्रदेशमा माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका दुई जनाले जितेका छन् ।
    सूदुरपश्चिम प्रदेशका ९ जिल्लाका १६ मध्ये माओवादीले एउटा निर्वाचन क्षेत्र पनि जित्न नसकेको हो। त्यसैगरी मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये एउटा पनि क्षेत्र माओवादीले जित्न सकेको छैन।

    त्यसैगरी कर्णालीका १० जिल्लाका १२ मध्ये एमालेले एउटा निर्वाचन क्षेत्रमा पनि जित निकाल्न सकेन।

    कर्णालीका १० जिल्लाका १२ क्षेत्रमध्ये डोल्पा, कालिकोट, रुकुम पश्चिम र जाजरकोटमा माओवादीका उम्मेदवार विजयी हुँदा कांग्रेसले मुगु, दैलेख २, सुर्खेत १ र २ मा जित निकालेको छ।

    त्यसैगरी राप्रपाले जुम्लामा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले दैलेख १, डोल्पा र सल्यानमा विजयी भएको छ।

    सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये दार्चुला, डडेलधुरा, अछाम २, कञ्चनपुर २ र ३ नम्बर नम्बर क्षेत्रमा कांग्रेस र कञ्चनपुर १ मा एमाले उम्मेदवार विजयी भएका छन् । कैलालीका पाँच क्षेत्रमध्ये १, २ र ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्।

    त्यसैगरी बझाङ, डोटी र अछाम १ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुँदा एमालेले बैतडी र कैलाली १ मा जित हासिल गरेको छ। बाजुरामा भने अझै मतगणना सुरु भएको छैन।

    मधेशका ८ जिल्लाका ३२ मध्ये ३१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा एमाले सबैभन्दा धेरै ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ।

    एमालेले सिरहाको क्षेत्र नम्बरा १ र ३, धनुषा ३, महोत्तरी १, सर्लाही ३, बारा १ र ३, पर्साको ३ नम्बर क्षेत्रमा जित हासिल गरेको छ।

    कांग्रेसले ७ निर्वाचन क्षेत्र जित्दा जसपाले ६ क्षेत्र जितेको छ। यसैगरी लोसपा र स्वतन्त्रले ३–३ क्षेत्रमा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले २ र माओवादीको चुनाव चिह्नबाट १ जना निर्वाचित भएका छन्। त्यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीले एउटा क्षेत्रमा जित दर्ता गरेको छ।

    धनुषा क्षेत्र नम्बर ४ मा भने मतगणना सकिएको छैन। त्यहाँ कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्।

    सप्तरीको क्षेत्र नम्बर ३ र ४, धनुषा २, महोत्तरी ४, रौतहट ४ र पर्साको २ र ४ नम्बर क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

    त्यसैगरी जसपाका उम्मेदवार सप्तरी १, सिरहा २ र ४ धनुषा १, बारा २ र पर्सा १ नम्बर क्षेत्रमा विजयी भएका छन्।

    लोसपाका उम्मेदवार मधेशका ३ वटा क्षेत्रमा विजयी भएका छन्। लोसपा महोत्तरी २ र ३ तथा सर्लाही १ नम्बर क्षेत्रमा विजयी भएको हो। सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार विजयी हुँदा सर्लाही ४ र रौतहटको २ र ३ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    नेकपा एकीकृत समाजवादीले रौतहट १ र बारा ४ नम्बर क्षेत्रमा जित हासिल गरेको छ। माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेका एक उम्मेदवार सर्लाही २ मा विजयी भएका छन्।

    आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.