• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा स्थानिय चुनावमा भन्दा  बदर मत घट्यो


  •   आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
  • गलकोट । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४/५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत बदर सङ्ख्या कम भएको हो ।

    Advertisement

    जिल्लामा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हजार सात सय ८९ मत मात्र बदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो । उहाँ अनुसार अझै मत बदर सङ्ख्या घटाउने आयोगको तयारी भए पनि नागरिकको राजनीतिप्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृत डा भट्टका अनुसार स्थानीय तहमा भएको मत बदरभन्दा अहिलेको मत बदर सङ्ख्यामा उल्लेख्य मात्रमा सुधार भएको छ ।

    बागलुङ – १ मा ५४ हजार सात सय ११ र क्षेत्र नं दुईमा ५१ हजार एक सय ३५ मत खसेको थियो । जिल्लामा मतदाता सङ्ख्याको हिसाबले ५३ प्रतिशत मत खस्दा चार हजार सात सय ८९ मत बदर भएको छ ।

    बागलुङ क्षेत्र नं १ मा ५४ हजार सात सय ११ मत खसेकामा एक हजार सात सय १४ मत बदर भई ५२ हजार सात सय ८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नं २ मा ५१ हजार एक सय ३५ मत खस्दा तीन हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको उहाँले जानकारी दिनुभयो ।
    “स्थानीय तहको मत बदर सङ्ख्या उल्लेख्य रहेको भन्दै यसपटक निर्वाचन आयोगले वडा तहमा मतदाता शिक्षालाई प्रभावकारी बनाएका कारण मत बदर सङ्ख्या घटेको हो”, उहाँले भन्नुभयो, “स्थानीय तहमा बागलुङमा १० प्रतिशत मत बदर भएको थियो अहिले चार प्रतिशत मत बदर घटाएका छौँ, मतपत्र सजिलो भएको, मतदाता शिक्षाका कारण बदर मत घटे पनि बदर मतलाई अझै तल झार्नुपर्ने आजको आवश्यकता हो ।”

    सानो मतपत्र, चुनाव चिह्न थोरै र एक मतपत्रमा एकमात्रै चिह्न लगाउनुपर्ने भएकाले बदर मत न्यून हुने अनुमान निर्वाचन आयोगको भए पनि बदर मत चार प्रतिशत भएको हो । स्थानीय तहको तुलनामा थोरै भए पनि अहिलेको राजनीतिक दलको सक्रिय मतदाता शिक्षा, निर्वाचन आयोगले स्थानीय तहसँग मिलेर गरेको मतदाता शिक्षालगायतको सक्रियता हेर्दा मत बदर दुई प्रतिशतभन्दा थोरैमा लैजाने लक्ष्य भए पनि सोचेजस्तो नभएको हो ।
    मतपत्र बदरमा भने एकरुपता नदेखिएको मतगणनामा सहभागी कर्मचारीले बताएका छन् ।

    चुनाव चिह्नभन्दा बाहिर गएर छाप लगाउनु स्वभाविक मत बदर भए पनि सबै चुनाव चिह्नमा छाप लगाउनु, छाप नै नलगाएको मतपत्र खसाल्नुजस्ता बदर मतका उदारण हुन् । बदर मतमध्ये अधिकांश जानीबुझीसमेत मतलाई बदर बनाइएको देखिन्छ भने केही अज्ञानता र शिक्षाको कमीका कामर मत बदर बनाइएको जनाइएको छ ।

    एक मतपत्रमा छ चुनाव चिह्नमा समेत छाप लगाएको पाइएको बागलुङ २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गम गाउँसम्म मतदाता शिक्षा नपुगेको र एउटै व्यक्तिले चार मतपत्रमा छुट्टाछुट्टै छाप लगाउनुपर्ने राजनीतिक दलको गठबन्धनका कारण धेरै मत बदर भएको पाइएको छ ।

    “गठबन्धन गरेका दललाई मतदाता शिक्षामा बढी समस्या देखिएको छ, समानुपातिकामा आफ्नो पार्टीलाई, सङ्घमा अर्को चुनाव चिह्नमा र प्रदेशमा अर्को चुनाव चिह्नमा मत हाल्नुपर्ने अवस्थाले मत बदर भएको पाइयो”, उहाँले भन्नुभयो, “शिक्षाको अभाव, राजनीतिक चेतनाको अभाव र राजनीतिक दलको वितृष्णका कारणसमेत मत बदर भएको देखिन्छ ।(रासस)

    आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.