काठमाडौं । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन् ।
Advertisement
लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाएका छन् ।
निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए ।
यसैगरी काठमाडौँ–३ को प्रतिनिधिसभा सदस्य पदमा पनि कांग्रेसले नै अग्रता कायम गरेको छ ।