काठमाडौं । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् ।
Advertisement
उनले २ हजार ५७५ मत प्राप्त गर्दा एमाले उम्मेदवार पाल्देन लोप्साङ गुरुङले २ हजार २४७ मत ल्याएका छन् । गुरुङ ३२८ मतले विजयी भएका छन् ।
यसपटक मनाङका विजेता कांग्रेसका टेकबहादुर गुरुङलाई एमालेका पाल्देनले २०७४ मा पराजित गरेका थिए।
कांग्रेसका गुरुङ २०७० को आम निर्वाचनमा पनि मनाङबाट निर्वाचित भएका थिए । त्यो बेला उनी श्रममन्त्री पनि बन्न सफल भएका थिए ।
मनाङका दुई प्रदेश सभामध्ये प्रदेश ‘क’ बाट नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी भइसकेका छन् । प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।