काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीले अग्रता कायम राखेका छन् ।
Advertisement
पछिल्लो मतपरिणाम अनुसार थापाले ४ हजार १ सय १९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता महेश बस्नेतले ३ हजार ६ सय ८४ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीकी उम्मेदगवार अनुराधा थापा मगरले ८ सय ६९ मत प्राप्त गरेकी छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ७ सय ३५ र राप्रपाका मोहन केसीले ४ सय ५० मत प्राप्त गरेका छन्।