बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मतपेटिकामा आगो लागेको छ ।
Advertisement
स्वामी कार्तिक खापर गाउँपालिका–१ रुडीस्थित भगवती आधारभूत विद्यालय मतदानस्थलको एउटा मतपेटिकामा आगो लागेको प्रहरीले जनाएको छ ।
प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एक्कासी आगो लागेको हो । कसरी आगो लाग्यो भन्ने थाहा हुन सकेको छैन । कुनै विवाद नभएको सो केन्द्रमा आगो लागेपनि मत भने जलेका छैनन् ।
करिब एक सय मत मात्रै खस्न बाँकी रहेको बेला मतपेटिकामा आगो लागेको हो । मतपेटिकामा आगो लागेपछि अहिले मतदान प्रक्रिया रोकिएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मतपेटिकामा आगो लागेको सूचना आएपछि विस्तृत जानकारी भने नआएको बताउनुभयो ।