कावासोती । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समानुपातिक अभियानद्वारा नवलपुरको गैँडाकोट भेडाबारीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी र रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीसहितको टोलीले २०७९ कात्तिक २७ गते साँझ सो कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै राजमो उपाध्यक्ष जनकराज शर्माले नेपालको तात्कालिक राजनीतिमा राजमोको नीति नै सबैभन्दा सही रहेको बताउनुभयो ।
उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा राजमोको नीति नै सही भएको उहाँले दाबी गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरू वैधानिक निकायमा ठुलो सङ्ख्यामा पुगेपछि मात्रै देश र जनताको हित हुने उहाँको दाबी थियो ।
राजमो केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला अध्यक्ष दीपक पाण्डेले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का सहसचिव शालिकराम सापकोटा, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो, गण्डकी प्रदेशमा राजमो समानुपातिक उम्मेदवार लक्ष्मी विक र राजमो गैँडाकोटाका अध्यक्ष कृष्ण सापकोटाको आतिथ्य रहेको थियो ।
अभियानको समापन भोलि कात्तिक २८ गते बुटवलमा गर्ने छ ।

