दिनेस रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा दाङले जिल्लामा निर्वाचनको प्रचार अभियान अन्तरगत आज (मंगलबार) बंगलाचुली गाउँपालिका वार्ड नं ३ कमिरेचौरमा सभा सम्पन्न गरेको छ ।
बंगलाचुलीमा आयोजित कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष तथा प्रदेश समानुपातिक उम्मेदवार गणेश आचार्यले सम्बोधन गर्नुभएको थियो।
सुमन घर्तीको अध्यक्षता तिलक घर्तीको स्वागत मन्तब्यबाट शुरु सभाको कार्यक्रमको सञ्चालन राजमो जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले गर्नु भएको थियो ।
त्यसैगरी, घोराही उपमहानगपालिका वार्ड नं १ हर्नोकमा पनि सभा सम्पन्न भएको छ । लोकबहादुर ओलीको अध्यक्षतामा आयोजित सभालाई अध्यक्ष आचार्य र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले सम्बोधन गर्नु भएको थियो
कार्यक्रमको सञ्चालन नारायण घर्तीले गर्नु भएको थियो । समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न राजमो दाङले जिल्लाब्यापी अभियान सञ्चालन गरिरहेको छ ।