काठमाडौं । लमजुङकी २३ वर्षिया पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट निधन भएको छ ।
Advertisement
रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङकी समाचारवाचिका चाँदनीको चितवनमा उपचारका क्रममा बुधबार (कात्तिक १६ गते) विहान निधन भएको हो ।
प्रेस सेन्टर नेपाल लमजुङ जिल्ला सचिवसमेत रहेकी चाँदनीको निधनप्रति प्रेस सेन्टरले गहिरो दु:ख व्यक्त गरेको छ ।
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले ‘अधिकारीको निधनले पत्रकारिता जगतले एक असल र कुशल पत्रकार गुमाएको’ भन्दै ‘लमजुङले एक योग्य र भरभराउँदो प्रतिभा गुमाएको’ बताएका छन् ।