• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना ?


  •   सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
  • टेकराज केसी, सुर्खेत (भेरीगंगा)
    सोह्र वर्ष अगाडिको त्यो आवाज प्रवलाल थापाको कानमा गुञ्जियो । चाडबाड सकिएसँगै खेतीबाली भित्र्याउने चटारोमा रहेका उहाँ खेतबारीमा जानुभएको थियो ।

    Advertisement

    द्वन्द्वकालमा आइरहने बम बारुदका आवाज प्रवलालले बिर्सिनुभएको थियो । तर कात्तिक १२ गते शनिबारको दिन बिहानै बिर्सिएको त्यो आवाज मात्रै सुनिएन, उहाँको घरमा रुवाबासीसमेत चल्यो । यो घटना हो, कालिकोट तिलागुफा नगरपालिका १० रानाबडाको ।

    नजिकै कोदो बारी थियो । शनिबार बिहानै त्यही कोदोबारी नजिकै केटाकेटी खेल्दै थिए । थापा आफ्नो धानबारीमा धान काट्तै हुनुहुन्थ्यो । प्रवलालसँगै उहाँका तीनजना छोरी, श्रीमती र एकजना भाइ नाता पर्ने पनि उहाँसँगै थिए । प्रवलालको छोरा सात वर्षीय कमल थापा, उहाँका भाइ जयलाल थापाका छोरा पाँच वर्षीय मुस्कान थापा, मुस्कानकी बहिनी तीन वर्षीया झरना थापा, चारवर्षीय सरस्वती थापा, दर्शना राना र अर्का एक बालकसमेत सँगै घरनजिकैको कोदोबारीमा खेल्दै थिए ।

    चाडबाडको रौनकतामै रहेका परिवार र ती बालबालिकाले खेल्दै गरेको दृश्य देख्दा त्यस्तो कुनै ठूलै दुर्घटना होला भन्ने सोच थिएन प्रवलाललाई । केही हप्ता अगाडिको त्यत्रो बाढी र पहिरोको जोखिममा पनि सुरक्षित राखेका छोराछोरी द्वन्द्व सकिएको १६ वर्षपछि बम विस्फोटमा पर्लान् भन्ने कुनै डर थिएन । तर जुन कुराको डर थिएन त्यही कुराले पीडा दियो ।

    भर्खरै चाडबाड सकिएकाले कामको चटारो उत्तिकै थियो । दिनभरि धान काटेर सक्ने योजना बनाएका प्रवलालको कानमा एक्कासि बम विस्फोटको आवाज आयो । करिब बिहानको साढे सात बजेको थियो । बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो प्रवलालको नजर आफ्नै घरतर्फ पर्यो । धुवाँ नै धुवाँले घरसमेत देखिएको थिएन । धुवाँ देखेपछि उहाँलाई छाँगाबाट खसेजस्तो भयो । उहाँको होस उड्यो । धान काट्दै गरेका प्रवलाल हतार हतार गरेर घरतिर दौडिनुभयो । जब प्रवलाल घरमा पुग्नुभयो घटनास्थलमा भाइ जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको रहेछ । आफ्नो छोरासहित पाँचजना घाइते देखेपछि उहाँले केही सोच्नै सक्ुनभएन । एक बालक भने अलि टाढा भएकोले कुनै चोट लागेको रहेनछ । प्रवलाल भन्नुहुन्छ, “सोच्दै नसोचेको घटना भयो, म त त्यो घटना सपना हो कि भन्ने जस्तो मान्छु, तर हामीलाई त्यो १६ वर्षसम्म भएको द्वन्द्वमा केही नभएको शान्ति भएपछि भयो ।”

    स्थानीयवासीले वडासदस्यलगायत जनप्रतिनिधिहरूलाई घटनाको विषयमा जानकारी गराए । छिमेकीहरू पनि के भयो ? भन्दै घटनास्थलमा आत्तिँदै आए । प्रहरीलाई पनि जानकारी गराइयो ।

    तिलागुफा नगरपालिकाको पहलमा हेलिकोप्टरमा तत्काल घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा करिब ११ बजे ल्याइयो । अस्पतालमा पुगेपछि पनि चार वर्षीय सरस्वती रानाको ज्यान बचाउन नसकिएकामा प्रवलालले दुःख व्यक्त गर्नुभयो ।

    ‘मेरो छोरा र भाइको छोराको अपरेसन भएको छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म खर्च त केही गर्नुपरेको छैन । पीडाले मुटु भतभती पोलिरहेको छ, तर मृतक र घाइतेहरूको विषयमा प्रदेश सरकार र संघीय सरकार पनि गम्भीर भएनन ।’ गम्भीर घाइते दर्शना राना अहिले पनि प्रदेश अस्पताल सुर्खेतको आयुसियु कक्षमा छिन् । उनको अवस्था स्थिर छ । अन्य दुईजनाको अपरेसन भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

    तत्कालीन सशस्त्र द्वन्द्वको बेलामा अन्य दुःख पाइए पनि आफ्नो ज्यान जोगाएर बसेको यत्रो वर्षपछि त्यही द्वन्द्वले पीडा दिएको पीडितहरू बताउँछन । छोराछोरीहरू कहिले निको हुनेहुन् कुनै टुङ्गो छैन । कमलको दुवै खुट्टा र एउटा हातमा चोट छ । मुस्कानको भने एउटा खुट्टामा मात्रै चोट छ । दुवै छोरालाई एक्लै उहाँले हेरचाह गरिरहनुभएको छ ।

    भाइ जयलाल छोरी गुमाएको पडिामा अस्पताल आउन सक्नुभएन । उहाँको छोरालाई पनि प्रवलालले हेरविचार गरिरहनुभएको छ । उहाँले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई पूर्ण उपचार, उच्चशिक्षा तथा अवस्था हेरेर रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गर्नुभयो ।

    स्थानीय तहले सबै उपचार खर्च व्यहोरेको भए पनि यसमा प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ‘यसको जिम्मा राज्यले लिनुपर्छ । कसका लागि केका लागि द्वन्द्व भएको थियो ? शान्ति भइसकेपछि पनि हामी सोझा नागरिकले छोरा–छोरी गुमाउनुपर्ने किन ?’, उहाँ प्रश्न गर्नुहुन्छ ।

    विस्फोट भएको ठाउँ घर नजिकै हो । आफैले रोपेको कोदोबारी, कुलो पनि त्यही बारीबाट बग्छ । प्रवलाल जहिले पनि त्यही कोदोबारी गोडमेलमा जानुहुन्थ्यो । तर विस्फोटक पदार्थ कहाँबाट आयो भन्ने उहाँलाई जानकारी छैन ।

    विस्फोटक पदार्थका विषयमा प्रहरीले अनुसन्धान गर्दै गरेको भए पनि द्वन्द्वकालको समयमा लुकाएर राखिएको विस्फोटक पदार्थ गत महिनामा परेको झरीले बगाएर ल्याएको वा कसैले फालिदिएको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।

    अनुसन्धानका क्रममा उक्त विस्फोटक पदार्थ पुरानै सकेट बम भएको पत्ता लागेको प्रहरीले बताएको छ । बालबालिकाहरूले खेलाउने क्रममा विस्फोट भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो ।

    तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले घाइतेहरूको उपचार स्थानीय सरकारले गरेको र राहत तथा क्षतिपूर्तिको विषयमा प्रदेश सरकार तथा सङ्घीय सरकार गृह मन्त्रालयमा समेत समन्वय गरिहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘घाइतेहरूको उपचार स्थानीय सरकारले गरेको छ, उचित क्षतिपूर्तिका विषयमा हामीले प्रदेश र संघीय सरकारसँग पहल गरिरहेका छौँ ।‘ रासस

    सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.