काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा बम विस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको छ । घटनामा तीन बालबालिका गम्भीर घाइते भएका छन् ।
Advertisement
शनिबार बालबालिका खेलिरहेको अवस्थामा बम विस्फोट भएको हो । विस्फोटमा परी ४ वर्षीया झरना थापाको घटनास्थलमै र ४ वर्षकै सरस्वती रानाको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विस्फोटका कारण तीन जना बालबालिका घाइते भएका छन् । उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा र तीन वर्षकी सपना थापाको उपचार भइरहेको छ भने ४ वर्षकी सरस्वतीको उपचारकै क्रममा ज्यान गएको हो ।
नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।