कम्पाला । मध्ययुगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे स्कुल अफ द ब्लाइन्डमा यो दुखद घटना भएको हो ।
आगलागीको कारण हालसम्म थाहा भएको छैन तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । किसोगामा रहेको हेरोना अस्पतालमा गम्झीर अवस्थामा रहेको ती छ जना उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।
युगान्डाका विद्यालयमा बारम्बार आगलागी हुने गरेको पाइन्छ । गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो ।
सन् २०१८ मा मध्ययुगान्डाको एक उच्च माध्यमिक विद्यालयमा आगलागी हँुदा कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)