काठमाडौं । नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश राईको निधन भएको छ । दम, सुगर तथा उच्च रक्तचापबाट पीडित भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचारत ३२ वर्षीय राईको उपचारकै क्रममा कात्तिक ३ गते बिहीबार निधन भएको हो ।
Advertisement
नेपाल पत्रकार महासंघले राईको निधनप्रति स्तब्ध र दुःखी भएको जनाएको छ ।भोजपुरमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई रेडियो भोजपुरमा स्टेसन म्यानेजरको रूपमा कार्यरत हुनुका साथै धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा समेत कार्यरत थिए ।
महासंघले उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाउनुका साथै सक्रिय सदस्य गुमाएको जनाएको छ ।