काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् ।
Advertisement
राष्ट्रपति भवनमा भएको शिष्टाचार बिदाइ भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा होउ नेपाल आएकी थिइन्।